बागमती प्रदेश लिग फुटबल : चितवन र मकवानपुर विजयी
मकवानपुर । हेटौंडामा जारी बागमती प्रदेश लिग फुटबल प्रतियोगिता अन्तर्गत चितवन र मकवानपुर विजयी भएका छन् । शुक्रबार भएको २ खेलमा चितवनले काभ्रे र मकवानपुरले धादिङलाई पराजित गरेका हुन् ।
बागमती प्रदेश फुटबल संघको आयोजना भएको दोस्रो संस्करणको प्रदेश लिग फुटबल प्रतियोगितामा हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको पहिलो खेलमा चितवनको भरतपुर फुटबल क्लबले काभ्रेको माउण्ट एभरेष्टलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
भरतपुरको तर्फबाट पहिलो हाफको ५ मिनेटमा गोल गर्दै अन्जन चौधरीले पहिलो अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफको ६६ औँ मिनेटमा सन्दिप केसीले गोल गर्दै टिमलाई जीत दिलाएका हुन् । खेलको अन्तिम समयमा माउण्ट एभरेष्टका विशेष लामाले टिमका लागि सान्त्वना गोल गरेका थिए । खेलको म्यान अफ द म्याच सान्त्वना गोलकर्ता माउण्ट एभरेष्टका लामा घोषित हुँदै ३ हजार रुपैयाँको नगद पुरस्कार तथा ट्रफी प्राप्त गरे ।
यो खेलसँगै काभ्रे प्रतियोगिताबाट बाहिरिएको छ । समूह चरणको २ खेलमा पराजित भएको काभ्रे अंक विहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । काभ्रे यसअघि बुधबार भएको उद्घाटन खेलमा काठमाडौँको चित्लाङ फुटबल क्लबसँग पराजित भएको थियो । चितवन ३ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । चितवनले काठमाडौँको चित्लाङ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
प्रतियोगिता अन्तर्गतको दोस्रो खेलमा धादिङको धुनीवेसी युथ समाजलाई २–१ गोलले हराउँदै मकवानपुरको पदमपोखरी युथ क्लब विजयी भएको हो । पदमपोखरीको तर्फबाट पहिलो हाफको ३८ मिनेटमा गोल गर्दै प्रितम स्याङ्बोले अग्रता दिलाएका थिए ।
खेलको दोस्रो हाफमा ७९ मिनेटमा धुनिवेसका टिम क्याप्टेन श्रीकृष्ण रेग्मीले गोल गर्दै खेललाई एक÷एक गोलको बराबरीमा ल्याएका थिए । दोस्रो हाफको ८४ औँ मिनेटमा मकवानपुरका महेश वाइबाले गोल गर्दै टिमलाई जिताएका थिए ।
समूह गबाट जित निकालेसँगै पदमपोखरीले ३ अंक जोडेको छ भने धुनिवेसी अंक विहीन अवस्थामा रहेको छ । पदमपोखरीले पुस १४ गते समूह चरणको दोस्रो खेलमा ललितपुरको टिमसँग प्रतिस्पर्धा गर्नुपर्नेछ भने १५ गते धुनिवेसीले ललितपुरसँगै प्रतिस्पर्धा गर्नुपर्नेछ ।
लिगकम नकआउट प्रणालीमा सञ्चालन भएको प्रतियोगितामा ११ वटा जिल्लाको टिमहरूको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल पुस २० गते हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण