रेड्डीको शतकले भारतलाई राहत
मेलबर्न । बोर्डर–गावस्कर ट्रफी अन्तर्गतको चौथो टेस्टको तेस्रो दिनमा भारतले पुनरागमन गरेको छ । भारतका लागि नितिश कुमार रेड्डी र वासिङ्टन सुन्दर नायक बने । दुईजना मिलेर भारतलाई खराब स्थितिबाट उकास्दै सम्मानजनक स्कोरतर्फ डोर्याएका हुन् ।
तेस्रो दिनको खेल समाप्त हुँदा भारतले ९ विकेटको क्षतिमा ३ सय ५८ रन बनाउन सफल भएको छ । २ सय २१ रन बनाउँदा ७ विकेट गुमाइसकेको भारतका लागि रेड्डी र सुन्दरले शतकीय साझेदारी गरे ।
रेड्डी १७६ बलमा १ सय ५ रन बनाउँदै नटआउट रहेका छन् । उनले १० चौका र १ छक्का प्रहार गरेका छन् । सुन्दरले १६२ बलमा ५० रन जोडेर उनलाई राम्रो साथ दिए ।
भारतका लागि ओपनर यशश्वी जैसवालले ८२ रन तथा विराट कोहलीले ३६ रनको योगदान दिए । त्यस्तै, ऋषभ पन्तले २८ तथा केएल राहुलले २४ रन बनाए ।
अस्ट्रेलियका लागि कप्तन प्याट कमिन्स र स्कट बोल्यान्डले ३–३ विकेट लिएका छन् भने नाथन लियोनले २ विकेट हात पारे । अस्ट्रेलियाले पहिलो इनिङ्समा ४ सय ७४ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण