युरिया मल : कालोबजारी कि मनपरी ?
गुल्मी– गुल्मीमा युरिया मलको कालोवजारी भइरहेका जिल्ला कृषि विकास कार्यालय आफैले जनाएको छ । जिल्लाको साविकका ३ नम्वर क्षेत्रका केहि गाउँहरुमा निर्धारित मुल्यभन्दा दोव्वर बढिमा मल बिक्री भएको सुचना प्राप्त भएको कार्यालयका प्राविधिक सहायक हरिप्रसाद आचार्यले बताए ।
उनले भने – ‘साविकको क्षेत्र नम्वर ३ का कतिपय गाउँमा युरिया मल प्रति किलो ५० रुपैयाँसम्ममा बिक्री गर्ने गरकोे सुनिएको छ , यसप्रति सञ्चार माध्यमले खोजीनीति गर्नुप¥यो’ आचार्यले भने, ‘सरकारबाट कृषकहरुलाई अनुदानमा आउने मलको मुल्य निकै सस्तो छ, ढुवानी खर्च जोडेर मात्र बिक्री गर्नुपर्छ त्यो बाहेक कसैले बढी पैसा लिन पाउँदैन ।’
उनका अनुसार अनुदानमा आउने युरिया मल १४ रुपैयाँ प्रति केजी पर्दछ । ढुवानीका लागि सम्वन्धित डिलरलाई प्रति क्वीन्टल २५ रुपैयाँ छुट दिने गरेको छ । गुल्मीको सदरमुकाम तम्घास सम्मको ढृुवानी जोड्दा २० रुपैयाँ देखि बढीमा २२ रुपैयाँ सम्ममा खुद्रा विक्री मूल्य पर्ने वरिष्ठ कृषि विकास अधिकृता चक्रपाणी पन्थी बताउँछन् ।
तर,सदरमुकाम तम्घासबाट १० किलोमिटर दुरीमा पर्ने हस्तीचौरको हस्तीचौर स्वावलम्वी वचत तथा कृषि सहकारी संस्थाले प्रतिकिलो २० रुपैयाँका दरले युरिया मल बिक्री वितरण गर्ने गरेको त्यसको अध्यक्ष डिल्लीराज पन्थीले बताए ।
सदरमुकामदेखि टाढाका गाउँमा २० रुपैयाँ प्रति किलो बिक्री गरिरहँदा यहि सदरमुकामको अमर कल्याण महिला स्वावल्वन कृषि वहुउद्देश्य सहकारी संस्थाले भने प्रति किलो २१ रुपैयाँका दरले बिक्री गरिरहेको त्यस संस्थाकी प्रवन्धक अञ्जु पन्थीले बताईन् । बरिष्ठ कृषि विकास अधिकृत पन्थीले दरमुकामदेखि धेरै टाढाको गाउँमा २६ रुपैयाँ प्रतिकेजीमा युरिया मल बिक्री वितरण गरे कालोवजारी मान्दै स्थानीय तहले नै कार्वाही गर्नुपर्ने बताए ।
उता सदरमुकामसँग जोडिएको गाउँ कुर्घास्थित मालिका कृषक समुहका अध्यक्ष हेमराज शर्माले प्रति केजी २६ रुपैयाँका दरले आफुहरुले युरिया मल बेच्ने गरेको बताए । यस अघि प्रति केजी २५ का दरले बेच्ने गरेका थियौं , उनले भने –‘ रिडी , रुद्रवेणी सडक निर्माणधिन समस्याका कारण मिर्मितिरबाट घुमाएर ल्याउँदा २६ रुपैयाँ बनाएका हौँ । अब २५ रुपैयाँ बनाउनु पर्छ कि भन्ने विषयमा सल्लाह गर्दैछौं ।’
तर, सदरमुकामदेखि वाग्लुङ्गको सिमामा रहेको धेरै टाढाको गाउँ दर्लिङ्गमा भने जनसरोकार बहुउद्देश्य सहकारी संस्थाले प्रति किलो २५ का दरले युरिया मल बेच्ने गरेको त्यसका अध्यक्ष भुपालसिंह खत्रीले जानकारी दिए । मुसिकोट नगरपालिका कार्य समिति सदस्य एवं वडा नम्वर ७ का वडाध्यक्ष प्रकाश काफ्लेले आफुहरुले कृषि सहकारी संस्थामा पुगेर सहुलियत दरमा मल वितरणको दर रेट बनाउन आग्राह गरेको बताए ।
दर्लिङ्ग जस्तो विकट गाउँमा युरिया मल प्रति किलो २५ , डिएपी मल ५४ रुपैयाँ र पोटास ४४ रुपैया प्रति किलो बिक्री भईरहँदा सदरमुकाम लगायतका नजिकका गाउँहरुमा त्यो भन्दा धेरै कम मुल्यमा बिक्री गरिनुर्नेमा त्यसो नभएको उपभोक्ताहरुले गुनासो गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी नवीकरण गर्दा अबदेखि चालक र सहचालकको कर कट्टी प्रमाण अनिवार्य
-
छोटो अवधिमै ठुलो परिवर्तनको अपेक्षा गर्नु व्यावहारिक हुँदैन: सांसद खरेल
-
आइतबारको सार्वजनिक बिदा तत्काल खारेज गर्न विद्यालय व्यवस्थापन समिति महासंघको माग
-
श्रम निरीक्षण सम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि अनुमोदन
-
मोरिसस बन्यो आईसीसीको १११ औँ सदस्य, क्यानडाको निलम्बन कायमै
-
अखिल अध्यक्ष धामीसहितका विद्यार्थी नेता रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण