काठमाडौँ र भक्तपुरमा बालिका र किशोरमाथि जबरजस्ती करणी

काठमाडौँ । जबरजस्ती करणी गरेको अभियोगमा रानधानी काठमाडौँ र भक्तपुरबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँमा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भारत मोतिहारी दरपाथाना घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-१२ वज्वलेक मेडिसिन प्रालिमा काम गर्ने २६ वर्षीय राजु श्रीवास्तालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राजुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उता भक्तपुरको १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुङ्गा चम्पादेवी गाउँपालिका-२ घर भई भक्तपुर कमलबिनायक बस्ने २६ वर्षीय टेक बहादुर माझीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । माझीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जेठो हिमाल’ अन्नपूर्ण आरोहणको हीरक महोत्सव मनाईँदै
-
लगातार चौथो वर्ष रियल मड्रिड विश्वकै सबैभन्दा मूल्यवान् फुटबल क्लब
-
जुत्ता गन्हाएर वाक्क हुनुहुन्छ ? अपनाउनुहोस् यी उपाय
-
च्याम्पियन्स लिग फाइनल : युवा जोससामु निरीह बन्यो बुढो बाघ
-
स्वदेशी वस्तु प्रयोग गर्न सार्वजनिक निकायलाई पत्राचार, धेरै प्रयोग गर्नेलाई पुरस्कार
-
महिलालाई उद्यमसँग जोड्न बाख्रा उपहार