जिन्स लगाएको कारण चेसका नम्बर एक खेलाडी प्रतियोगितामा अयोग्य घोषित
शनिबार, १३ पुस २०८१, २१ : ११
काठमाडौँ । वर्ल्ड र्यापिड एण्ड ब्लिट्ज च्याम्पियनसिपमा ड्रेस कोड उल्लङ्घन गरेको भन्दै पाँच पटकका विश्व चेस च्याम्पियन म्याग्नस कार्लसनलाई पहिले जरिवाना र त्यसपछि अयोग्य घोषित गरिएको छ । अन्तर्राष्ट्रिय चेस फेडेरेसन अर्थात् फिडेले उनको विरुद्धमा यो कदम उठाएको हो ।
कार्लसन जिन्स लगाएर च्याम्पियनसिपमा आएका थिए। आफ्नो खेलको आठौँ राउन्ड पछि, कार्लसन जिन्स लगाएर नयाँ राउन्ड खेल्न आए। तर फिडेले यो ड्रेस कोडको उल्लङ्घन भएको बतायो। उनलाई लुगा परिवर्तन गरेर फर्किन भनियो । तर उनले अस्वीकार गरे ।
यसका लागि उनलाई पहिले २०० डलर जरिवाना लगाइयो र त्यसपछि उनी प्रतियोगिताको लागि अयोग्य घोषित भए । नर्वेजियन चेस खेलाडी म्याग्नस कार्लसन हाल फिडे विश्व चेस र्याकिङमा पहिलो नम्बरमा छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण