दक्षिण कोरियामा विमान दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु

काठमाडौँ । दक्षिण कोरियाको एक विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ । जसमा कम्तीमा २८ जनाको मृत्यु भएको योनहाप समाचार एजेन्सीले उल्लेख गरेको छ।
देशको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएको जनाइएको छ ।
१७५ यात्रु र छ जना चालक दलका सदस्य रहेको जेजु एयरको विमान थाइल्याण्डको बैंककबाट फर्किरहेको र अवतरण गर्ने क्रममा दुर्घटना भएको बताइएको छ।
अन्यको उद्धार कार्य जारी रहेको समाचारमा उल्लेख छ । आइतबार बिहान दुर्घटना भएको विमानमा रहेका यात्रुहरूमा १७३ जना दक्षिण कोरियाली र दुई जना थाई नागरिक थिए।
दुर्घटनाको कारण स्पष्ट नभएपनि चरा ठोक्किएर वा अवतरण गियर बिग्रिएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
सामाजिक सञ्जालमा अपलोड गरिएको अप्रमाणित फुटेजमा विमान धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएको देखिन्छ, त्यसपछि त्यसको केही भाग एकाएक विस्फोट हुन्छ। अन्य फुटेजमा आकाशमा कालो धुवाँको ठुलो मुस्लो उडिरहेको समेत देखिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् अवरूद्धपछि प्राधिकरणका निर्देशक शाक्यद्धारा निरीक्षण
-
सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर झण्डै ६ लाख घुससहित नियन्त्रणमा
-
काभ्रेका किसानहरूले कृषिमन्त्रीलाई भने - रासायनिक मल उपलब्ध गराइदिनुस्
-
सगरमाथा संवादमा सहभागी हुन काठमाडौँ आइपुगे भारतीय वातावरण मन्त्री
-
विद्युत् अवरूद्धपछि अन्धकार काठमाडौँ (तस्बिरहरू)
-
घट्यो पेट्रोलियम पदार्थको मूल्य