सुन्दरीजल जल प्रशोधन केन्द्रको ठेक्कामा मिलेमतो भएको भन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
काठमाडौँ । सुन्दरीजल जल प्रशोधन केन्द्रको ठेक्कामा मिलेमतो भएको भन्दै वर्ल्ड ट्रेड कन्सट्रक्सन कम्पनीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।
मेलम्ची खानेपानी विकास बोर्डले नेपाल सरकार र विश्व बैंकको संयुक्त लगानीमा बन्न लागेको जल प्रशोधन केन्द्र केही व्यवसायीलाई मात्रै उपयुक्त हुने गरी बोलपत्र खुलाएको र ठेक्का दिइएको भन्दै वर्ल्ड ट्रेडले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।
खानेपानी बोर्डले १० करोड ९६ लाख ३२ हजार धरौटी माग गरी ४ अर्ब ३८ करोड ४९ लाखमा प्रशोधन केन्द्र निर्माणका लागि ठेक्का आह्वान गरेको थियो । बोलपत्रमा निर्माण व्यवसायी आफैँले डिजाइन गरी ठेक्कामा समावेश गर्ने बोलपत्र भर्नुपर्ने व्यवस्था लागू गरी छोटो समय दिइएको ज्ञापनपत्रमा जनाइएको छ । जसमा भनिएको छ, ‘यसले गर्दा डिजाइनको काम, मात्रा तथा गुणस्तर नहुने र सबैसमक्ष पारदर्शी र प्रतिस्पर्धी नबनाइ दुईचार जना ठेकेदार र निर्माण व्यवसायी अनुकूल बनाइ कारोबार गरी कुनै एकलाई मात्रै पर्ने गरी आह्वन गरिएको छ ।’
यसमा खानेपानी कार्यालय र मेलम्ची खानेपानीका कर्मचारीको मिलेमतो रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ज्ञापनपत्रमा उक्त बोलपत्रलाई खारेज गरी पुनः म्याद थप गरी आह्वान गर्नुपर्ने माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण