काठमाडौँको भृकुटीमण्डपमा आज च्याउ मेला
सोमबार, १५ पुस २०८१, ०६ : ५२
_rJhR9ae4hb.jpg)
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा आज च्याउ मेला लाग्दै छ । राष्ट्रिय च्याउ दिवसको अवसरमा च्याउ उत्पादक किसान संघ नेपालले सो मेलाको आयोजना गरेको हो । पुस १५ गते राष्ट्रिय च्याउ दिवस मनाइन्छ ।
मेलामा ४० वटा स्टल रहनेछ । मेलामा करिब १५ हजारले अवलोकन गर्ने अनुमान गरिएको छ। मेला आयोजना गर्नका लागि करिब २५ लाख रुपैयाँ लगानी लाग्ने संघको भनाई छ ।
संघका अनुसार मेलामा च्याउका विभिन्न परिकारहरूको विभिन्न स्टलहरूमा प्रदर्शनी छ । गोभ्रे, कन्ये, किङ वयस्टर र सिताके च्याउ उत्पादनको व्यवहारिक प्रयोगात्मक प्रदर्शनी पनि मेलामा हेर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन्डरल्यान्ड वाटरपार्कमा तोडफोड
-
पछिल्लो २४ घण्टामा विपद् : चारको मृत्यु, अट्ठाइस घाइते
-
रोटरी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पत्रकार कोइराला पुरस्कृत
-
दुई मन्त्रीको गुटबन्दीको घेरामा लमजुङ तरुण दल, अधिवेशन बन्यो रणमैदान
-
क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय
-
१० बजे १० समाचार : कांग्रेस बैठकमा सरकारको आलोचना, बल्खुबाट ओलीको कटाक्ष