जैसवाल आउट भएकोमा विवाद, बीसीसीआईका उपाध्यक्षले भने– ‘क्लियर नट आउट’
मेलबर्न । मेलबर्न टेस्टमा अस्ट्रेलियाले भारतलाई हराएको छ । तर खेलका क्रममा भारतीय ब्याट्सम्यान यशस्वी जैसवाललाई आउट दिएपछि विवाद सुरु भएको छ । बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लाले थर्ड अम्पायरको निर्णयमाथि प्रश्न उठाएका छन् ।
उनले एक्समा एक पोस्टमा लेखे– ‘यशस्वी जैसवाल स्पष्ट रूपमा नटआउट थिए। तेस्रो अम्पायरले टेक्नोलोजीले के सुझाव दिइरहेको थियो त्यसमा ध्यान दिनुपर्थ्यो। थर्ड अम्पायरले निर्णय दिँदा ठोस कारणहरू हुनुपर्छ।’
वास्तवमा विकेटकिपरले अस्ट्रेलियाका कप्तान प्याट कमिन्सको बललाई क्याच गरे, जसमा आउटको अपिल गरिएको थियो। तर फिल्ड अम्पायरले यशस्वी जैसवाललाई नटआउट घोषित गरे । यसपछि अस्ट्रेलियाका कप्तानले डीआरएस लिए र थर्ड अम्पायरतर्फ फर्के । उनले जैसवाललाई आउट घोषित गरे । जैसवाल ८४ रन बनाएर आउट भए । उनले भारतका लागि सर्वाधिक रन बनाए ।
यस खेलमा अस्ट्रेलियाले भारतलाई जितका लागि ३४० रनको लक्ष्य दिएको थियो तर भारतीय टोली १५५ रनमै सीमित भयो । योसँगै अस्ट्रेलियाले बोर्डर–गावस्कर ट्रफीमा २–१ को अग्रता बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण