चार ब्याट्सम्यानको शतक र दुई ब्याट्सम्यानको दोहोरो शतकपछि खेल बराबरीमा सकिने पक्का
काठमाडौँ । दुबै टोलीले आफ्नो पहिलो पालीमा विशाल योगफल तयार पारेपछि जिम्बाबे र अफगानिस्तानबिचको पहिलो टेस्ट क्रिकेट बराबरीतर्फ उन्मुख भएको छ । बुलाबायोमा जारी पहिलो टेस्टको पाँचौँ तथा अन्तिम दिन सोमबारको खाना समयसम्म भ्रमणकारी अफगानिस्तानले आफ्नो पहिलो पालीमा केवल चार विकेट गुमाएर ६ सय ५६ रन बनाएको छ ।
पहिलो पालीमा अफगानिस्तानले घरेलु टोली जिम्बाबेसँग ७० रनको अग्रता हासिल गरिसकेको छ । त्यसअघि टस जिती ब्याटिङ गरेको जिम्बाबेले पहिलो पालीमा पाँच सय ८६ रन बनाएको थियो । पाँचौँ दिनको खाना समयसम्म पहिलो पालीमा दुबै टोली जिम्बाबे र अफगानिस्तानले मिलेर कुल एक हजार दुई सय ४२ रन बनाइसकेका छन् ।
ब्याट्सम्यानहरु आक्रामक र बलरहरु निरीह देखिएको पहिलो टेस्टमा अफगानिस्तानका लागि दुई खेलाडीले दोहोरो शतक बनाएका छन् । टोलीका लागि रहमत शाहले दुई सय ३४ रन बनाए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका रहमत शाहले चार सय २४ बलको सामना गरी तीन छक्का र २३ वटा चौका हिर्काए । ३१ वर्षीय रहमतले टेस्ट क्रिकेटमा बनाएको यो पहिलो दोहोरो शतक हो ।
अफगानिस्तानका लागि कप्तान हसमतुल्लाह साहिदी पनि अविजित दुई सय ३६ रन बनाउँदै क्रिजमा छन् । उनले चार सय ६३ बलको सामना गरी २० चौका हिर्काइसकेका छन् । ३० वर्षीय हसमतुल्लाहले भने टेस्ट क्रिकेटमा बनाएको यो दोस्रो दोहोरो शतक हो । यसअघि टेस्ट क्रिकेटमा हसमतुल्लाहको उच्च स्कोर अविजित दुई सय रन रहेको थियो ।
अफगानिस्तानले केवल ६४ रनको कुल स्कोरमा दोस्रो विकेट गुमााएको थियो । त्यसपछि रहमत शाह र हसमतुल्लाहले तेस्रो विकेटका लागि तीन सय ६४ रनको विशाल साझेदारी गरेका थिए । अफगानिस्तानका लागि पाँचौँ नम्बरमा क्रिज समाल्न आएका ब्याट्सम्यान अफसर जजाईले पनि शतकीय पाली खेले । विकेटकिपर ब्याट्सम्यान अफसर जजाईले एक सय १३ रन बनाए ।
असफर जजाईले एक सय ६९ बलको सामना गरी तीन छक्का र पाँच चौका पनि हिर्काए । ३१ वर्षीय अफसर जजाईले टेस्ट क्रिकेटमा बनाएको यो नै पहिलो शतक पनि हो । त्यसअघि पहिलो पालीमा जिम्बाबेका लागि पनि तीन ब्याट्सम्यानले शतकीय पाली खेलेका थिए । चौथो नम्बरका ब्याट्सम्यान सिन विलियम्सले एक सय ५४ रन बनाएका थिए ।
विलियम्सले एक सय ७४ बलको सामना गरी तीन छक्का र १० चौका हिर्काए । ३८ वर्षीय अनुभवी ब्याट्सम्यान विलियम्सले टेस्ट क्रिकेटमा बनाएको यो पाँचौँ शतक हो । कप्तान क्रेग एर्भिनले पनि टोलीको खातामा एक सय चार रन थपे । छैटौँ नम्बरमा क्रिज समाल्न आएका एर्भिनले एक सय ७६ बलको सामना गरी १० चौका प्रहार गरेका थिए ।
३९ वर्षीय एर्भिनले टेस्ट क्रिकेटमा बनाएको यो चौथो शतक हो । यसका अतिरिक्त, ब्राइन बेनेटले पनि शतकीय पाली खेले । उनले अविजित एक सय १० रन बनाएका थिए । सातौँ नम्बरका ब्याट्सम्यान बेनेटले यस क्रममा एक सय २४ बलको सामना गरी चार छक्का र पाँच चौका पनि हिर्काए । २१ वर्षीय बेनेटले टेस्ट क्रिकेटमा बनाएको यो नै पहिलो शतक पनि हो ।
जिम्बाबेका लागि ओपनर ब्याट्सम्यान बेन कर्रनले पनि ६८ रनको योगदान गरे । यस क्रममा उनले ७४ बलमा ११ चौका प्रहार गरे । २८ वर्षीय बेनको यो ‘डेब्यू’ टेस्ट हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण