अमेरिकामा भूपेन्द्र साढे ५ लाखसहित सम्मानित
काठमाडौँ । नेपालका भूपेन्द्र गुरुङलाई अमेरिकामा दुई छुट्टै संस्थाले साढे ५ लाख (४ हजार युएस डलर) नगदसहित सम्मान गरेको छ । अमेरिकामै भएको २ छुट्टै प्रतियोगितामा १ स्वर्ण र ३ रजत गरी ४ पदक जित्दै नेपालको प्रतिष्ठा अभिवृद्धि गरेबापत भूपेन्द्रलाई सम्मान गरिएको हो ।
तमु परिवार न्युयोर्कद्वारा आयोजित ल्होसार २०८१ को उपलक्ष्यमा भएको कार्यक्रममा भूपेन्द्रलाई ३ हजार युएस डलरसहित तमु परिवार अवार्ड प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि न्युयोर्क एसेम्बली मेम्बर जिल्ला ३० का स्टेभेन राघ र तमु परिवार न्युयोर्क इन्ककी अध्यक्ष मनितादेवी गुरुङले भूपेन्द्रलाई नगदसहित अवार्ड प्रदान गरे ।
त्यस्तै ह्याप्पी किचन रेस्टुरेन्ट न्युयोर्कका प्रोप्राइटर वीरेन्द्र गुरुङले भूपेन्द्रलाई १ हजार युएस डलरसहित प्रशंसा पत्र प्रदान गरे । भूपेन्द्रले डिसेम्बर ८ तारिखमा न्यु टाउन, पेन्सिल्भिनियामा भएको छैटौँ एनुएल बक्स काउन्टी विन्टर मार्सल आर्ट्स च्याम्पियनसिपमा समान १–१ स्वर्ण र रजत गरी २ पदक जितेका थिए ।
भूपेन्द्रले त्यसअघि क्यालिफोर्नियामा नोभेम्बर ९ तारिखमा भएको १५ औँ गोल्डेन ड्रागन च्याम्पियनसिपको २ स्पर्धामा २ रजत जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण