फाल्गुनन्द गोल्डकपः सर्वोत्कृष्ट खेलाडी समीरले पाए विद्युतीय स्कुटर
पाँचथर । फिदिममा सम्पन्न एघारौँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बन्दै चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंको अग्रपंक्तिका खेलाडी समीर तामाङले विद्युतीय स्कुटर प्राप्त गरेका छन् ।
सोमबार भएको फाइनलको टाइब्रेकरमा चिर प्रतिद्वन्द्वी मछिन्द्रमाथि चर्च ब्वाइजले जित हासिल गरेको हो । फाइनल खेलको अतिरिक्त पाँच मिनेटमा गोल गरेर खेललाई बराबरीमा ल्याउँदै उपाधि पक्का गरेका तामाङले विद्युतीय स्कुटर प्राप्त गरेका हुन् ।
फाइनल खेलमा मछिन्द्र फुटबल क्लबले अग्रता लिएको थियो । पैतालीसौँ मिनेटमा गोल गर्दै बिजु भुजेलले मछिन्द्रलाई अग्रता दिलाउनुभएको हो । ७८औँ मिनेटमा गोल गर्दै छिरिङ लामाले चर्च ब्वाइजलाई बराबरीमा फर्काए । शनिष श्रेष्ठले ८८औँ मिनेटमा गोल गर्दै पुनः मछिन्द्रलाई अग्रता दिलाए ।
खेलमा थप गरिएको पाँच मिनेट अतिरिक्त समयमा समीर तामाङले गोल गर्दै चर्च ब्वाइजलाई उपाधि दिलाए । प्रतियोगितामा कूल पाँच गोल गरेर सर्वाधिक गोलकर्ता बनेका तामाङले विद्युतीय स्कुटर र सर्वाधिक गोलकर्ताका रूपमा १५ हजार नगद पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका कृशल मोक्तान, उत्कृष्ट रक्षक मछिन्द्रका देवेन्द्र तामाङ, उत्कृष्ट मिडफिल्डर चर्च ब्वाइजका दिपेश गुरुङ, उत्कृष्ट फरवार्ड मछिन्द्रका बिजु भुजेल, उत्कृष्ट प्रशिक्षक चर्च ब्वाइजका सुमन श्रेष्ठ र प्रतियोगिताको उदयमान खेलाडी आयोजक फिदिम स्पोर्टिङ क्लबका मनिष क्षेत्री घोषित हुँदै १० हजारका दरले पुरस्कार प्राप्त गरे । फाइनल खेलको उत्कृष्ट खेलाडी चर्च ब्वाइजका शनिष श्रेष्ठ घोषित भए ।
प्रतियोगिताको विजेता टोली चर्च ब्वाइजले १० लाख तथा उपविजेता टोलीले पाँच लाख पुरस्कार, ट्रफी, मेडल र प्रामाणपत्र प्राप्त गरे । फिदिम नगरपालिका मुख्य प्रवर्द्धक रहेको फाल्गुनन्द गोल्डकप छ वर्षपछि पुनः सञ्चालनमा आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण