चीनले आफ्नो सिस्टम ह्याक गरेको अमेरिकी अर्थ मन्त्रालयको दाबी
वासिङ्टन डिसी । अमेरिकी अधिकारीहरूले चिनियाँ ह्याकरहरू आफ्नो देशको अर्थ मन्त्रालयको प्रणालीभित्र छिरेको लगाएका छन् । चीनको सरकार प्रायोजित ह्याकरहरू अर्थ मन्त्रालयको प्रणालीभित्र घुसेको आरोप अमेरिकाले लगाएको हो ।
ह्याकरहरू कर्मचारीको वर्क स्टेसन र केही कागजातहरूसम्मै पुगेको बताइएको छ । तर चीनले भने ती आरोपहरूलाई अस्वीकार गर्दै ‘निराधार’ बताएको छ ।
यो घटना डिसेम्बरको सुरुवाती दिनको भएको भनिएको छ । अर्थ मन्त्रालयले सिनेटरहरूलाई पत्र लेखेर यसबारे जानकारी दिएपछि मात्रै यो घटना सार्वजनिक भएको हो ।
अमेरिकी एजेन्सीले यसलाई ‘ठुलो घटना’ भनेका छन् । यस घटनाको प्रभावको अनुसन्धान गर्न एफबीआई र अन्य एजेन्सीहरूले मिलेर काम गरिरहेको बताइएको छ ।
राजधानी वासिङ्टन डिसीमा रहेको चिनियाँ दूतावासका प्रवक्ताले बीबीसीसँग कुराकानीमा यो आरोप ‘बदनाम गर्ने गरी गरिएको आक्रमण’को हिस्सा भएको अनि निराधार भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी विद्यार्थीको भिसा नियम कसिलो बनाउँदै अमेरिका
-
दक्षिणी इरानका पुललाई निशाना बनाएर आक्रमण गरिरहेछ अमेरिका
-
मुख्यमन्त्रीमा जीवनबहादुर शाही प्रस्ताव, अरुमा कसरी हुन्छ ‘पावर सेयरिङ’ ?
-
‘अब फुटबलका लागि क्लब रोज्छु, प्रचारका लागि होइन’
-
एभरेस्ट अस्पताल र डा.ज्योत्सनाले ३९ लाख क्षतिपूर्ति दिनुपर्ने उपभोक्ता अदालतको फैसला
-
पाकिस्तानको सिन्धमा बालबालिकामा कसरी फैलियो एचआईभी संक्रमण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण