कल्कीमा श्रीकृष्णको भूमिका निभाउँदै छन् महेश बाबु ?
नयाँ दिल्ली । नाग अश्विनको ‘कल्की २८९८ एडी’ अहिलेसम्मको सबैभन्दा हिट भारतीय फिल्ममध्ये एक थियो । तर अल्लु अर्जुनको पुष्पा २ ले फिल्मको यो ट्याग खोसिदियो । यतिबेला प्रभास, दीपिका पादुकोण र अमिताभ बच्चनको शीर्ष भूमिका रहेको यस फिल्मको सिक्वेलको चर्चा भइरहेको छ ।
फिल्मको अर्को भागमा दक्षिण भारतका सेन्सेशन महेश बाबुको इन्ट्री हुने अफवाह चलिरहेको छ । महेशले फिल्ममा भगवान् श्रीकृष्णको भूमिका निर्वाह गर्न सक्ने चर्चा छ । यसबारे फिल्मका निर्देशक नाग अश्विनले जवाफ दिएका छन् ।
कल्कीको दोस्रो भागमा को बन्ला श्रीकृष्ण ?
कल्कि २८९८ एडीको अन्त्यतिर एउटा दृश्य देखाइएको थियो । जहाँ श्रीकृष्ण जस्तै देखिने व्यक्तिको छायाँ हुन्छ । कुरुक्षेत्रको युद्धभूमिमा प्रभासको कर्ण स्वरूप सार्वजनिक गरिन्छ । तर यो दृश्यमा श्रीकृष्णको पात्र कृष्ण कुमार बालासुब्रमण्यमले निर्वाह गरेका थिए । तर फ्यानहरूले यो भूमिका दक्षिण भारतका दुई चर्चित अभिनेता महेश बाबु र नानीको नाम सुझाइरहेका छन् । नाग अश्विनले भने महेश बाबुलाई यस भूमिकाका देख्न चाहेको बताएका छन् । तर उनको योजना योभन्दा फरक भएको पनि उनले भनिसकेका छन् । ‘म कल्कि युनिभर्समा भगवान् श्रीकृष्णको अनुहार सार्वजनिक गर्न चाहदैनथेँ । तर यो कुनै विस्तृत भूमिका हुन्थ्यो भने मेरो हिसाबले महेश बाबु यसमा ठिक्क छन् । यस्तो भयो भने फिल्मको कलेक्शन पनि ठुलो हुन्थ्यो भन्ने मलाई लाग्छ ,’ अश्विनले भनेका छन् ।
कल्कीमा जोडिएलान् महेश बाबु ?
महेश बाबुले अहिलेसम्म कुनै पनि पौराणिक कथामा काम गरेका छैनन् । यस अघि उनले ‘खलेजा’मा भगवानको भूमिका खेलेका थिए । उक्त फिल्ममा महेशको अभिनय आफूलाई निकै मन परेको अश्विनले भनेका छन् । कल्कीमा उनलाई कृष्णको भूमिका दिने हो भने निकै राम्रो ढंगले निर्वाह गर्छन् भन्नेमा अश्विन ढुक्क छन् ।
तर आधिकारिक रूपमा भने फिल्ममा महेशको सहकार्यको कुनै संकेत आएको छैन । यस्तो भयो भने यो भारतीय सिनेमाको सबैभन्दा ठुलो काष्टिङ हुनेछ । कल्की युनिभर्समा पहिले देखि नै प्रभास, कलम हसन, अमिताभ बच्चन र दीपिका पादुकोण जस्ता दिग्गज कलाकार छन् । फिल्ममा प्रभास कर्ण, दीपिका सुमति र अमिताभ अश्वत्थामाको भूमिकामा छन् । फिल्ममा कलम हसन र दिशा पटानी पनि थिए । फिल्मले विश्वभर ९९० करोड ९० लाख भारु कमाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण