सहकारी ठगी प्रकरण
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनछेक बहस सुरु
मङ्गलबार, १६ पुस २०८१, १५ : ०५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित जोडिएको पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा थुनछेक बहस सुरु भएको छ । मंगलबार जिल्ला अदालत कास्कीमा थुनछेक बहस सुरु भएको हो ।
सरकारी वकिल सुजाता पौडेलबाट बहस सुरु भएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । यसअघि रविसँगै पूर्वडीआईजी छविलाल जोशी, जीबी राईका पार्टनर लिला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङको मंगलबार बयान सकिएको थियो ।
यो मुद्दा न्यायाधीश नितिज राईको इजलासमा परेको छ । सहकारी ठगी आरोपमा पक्राउ परेकाहरूलाई सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा पनि थपिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण