सरकार ढल्छ, टिक्दैन भन्ने तर्कमा सत्यता छैन : महामन्त्री थापा
मकवानपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार ढल्छ, टिक्दैन भन्ने तर्कमा कुनै सत्यता नरहेको बताएका छन् । ४९ औँ मेलमिलाप तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली कांग्रेस मकवानपुरको आयोजनामा हेटौंडामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनसम्म सरकार दायाँबायाँ नहुने बताए ।
महामन्त्री थापाले कांग्रेसमाथि चौतर्फी घेराबन्दी रहेको बताए । कांग्रेस कमजोर बनाउन गठबन्धन र साझेदारी बाहिरबाट घेराबन्दी भइरहेको उनले बताए । उनले कांग्रेस विचार र सिद्धान्तमा टिकेको पार्टी भएको दाबी गरे । पटकपटक देशलाई निकास दिँदै आएको कांग्रेसले तत्कालको फाइदा भन्दा पनि संविधान पालनालाई प्राथमिकतामा राखेको उनले बताए ।
महामन्त्री थापाले कांग्रेस अन्य दलहरूको जस्तो मिसन २०८४ को एजेण्डामा नरहेको बताए । राष्ट्रको समस्या हल गर्ने कांग्रेसको भूमिका रहनुपर्ने उनको भनाई छ । दलहरूको कमजोरी र समस्याको भारी संविधान र व्यवस्थालाई बोकाउन नहुने उनले बताए । व्यवस्थाको चिरस्थायीको लागि संविधानको अभ्यास अनुसार पुनरावलोकन गर्नुपर्ने उनले बताए ।
‘संविधानको विधि प्रक्रिया अनुसार सरकारले काम गरिरहेको पनि देशभित्र उकुसमुकुस छ । अहिले नागरिकले विकास समृद्धि र आर्थिक उपार्जनको माग छ । कांग्रेसले अब त्यो माग पूरा गर्नुपर्छ,’ महामन्त्री थापाले भने, ‘संविधानमा रहेका कमीकमजोरी सच्याउने र व्यवहारमा ठिक ढंग अघि बढ्न संविधान संशोधन गर्नेगरी सत्ता साझेदार दलहरू बिच संयन्त्र निर्माण भएको छ । सो संयन्त्रले साझा धारणा निर्माण गरेर अन्य दलसँग संवाद गरेर संरचनागत एजेण्डामा छलफल गरिने छ ।’
महामन्त्री थापाले विषेशगरी संविधानले व्यवस्था गरेका समावेशिता, संघीयता लगायतका व्यवस्थालाई खलल पुर्याउने विषयमा पुनरावलोकन गर्न कांग्रेस तयार नरहेको बताए । कांग्रेसले निर्वाचन प्रणालीलाई सदृढ गरी ४० प्रतिशत मत ल्याउने पार्टीले ५ वर्ष सरकार चलाउने व्यवस्था गर्नेगरी छलफल गरिरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छैन, नेताहरू मात्र जीवित छन् : जनार्दन शर्मा
-
‘प्रधानमन्त्रीका सल्लाहकारले संवैधानिक अङ्गका प्रमुखलाई बोलाएर निर्देशन दिने अधिकार कसले दियो ?’
-
भीम रावलको नजरमा नेपालमा समाजवाद कस्तो हुनुपर्छ ?
-
माधव–केपी र प्रचण्डको काम एउटै भएकाले कम्युनिस्ट पार्टीमा समस्या देखियो : धर्मेन्द्र बास्तोला
-
विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो
-
सङ्घीयता सङ्घर्ष र त्यागले आएको हो, हटाउने प्रयास नगर्नुस् : सांसद खालिद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण