काठमाडौँ र ललितपुरसहित ५ जना मृत अवस्थामा फेला
बुधबार, १७ पुस २०८१, १२ : २९
काठमाडौँ । काठमाडौँ र ललितपुरसहित विभिन्न जिल्लाहरूमा ५ जना मृत अवस्थामा फेला परेका छन् ।
- काठमाडौँ, बुढानीलकण्ठ नगरपालिका-५ टुसालस्थित आफ्नै निर्माणाधीन घरमा दोलखा घर भएका ६६ वर्षीय तिलक बहादुर श्रेष्ठ मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
- कैलाली, गोदावरी नगरपालिका-२ तेधरी बस्ने ४६ वर्षीय मनोज भट्ट आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
- कास्की, पोखरा महानगरपालिका-१६ देउराली डाँडा बस्ने ६२ वर्षीय गोविन्द दमै सोही ठाउँस्थित पहिरा वन सामुदायिक जंगल नजिकै मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
- ललितपुर, ललितपुर महानगरपालिका-४ धोवीघाट बस्ने बर्दिया घर भएकी १८ वर्षीया सिम्रन थारू आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
- पर्सा, वीरगन्ज महानगरपालिका-१६ स्थित नेपाल भारत सिमाना मितेरी पुल नजिकै हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण