अनलाइन जागिरको नाममा लिंकहरु पठाएर ठगी, साइबर ब्युरोले गरायो सचेत
काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले अनलाइन जागिरका साथै विभिन्न प्रलोभन देखाएर लिंकहरु पठाएर ठगीका घटनाहरू अत्यधिक बढेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
ब्युरोले बुधबार एक विज्ञप्ति जारी गर्दै फेसबुक, इन्स्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, मेसेन्टर, भाइबरलगायतका सामाजिक सञ्जाल प्लेटफममा अनलाइन जागिरको नाममा विज्ञापन गरिएका लिंकहरु पठाउने र धोकापूर्ण तरिकाले प्रलोभनमा पारेर ठगी गर्ने घटना अत्यधिक बढेको पाइएकाले सचेत रहन आम सर्वसाधारणलाई अनुरोध गरेको हो ।
यसका साथै खल्ती, इसेवा जस्ता विभिन्न वालेट तथा बैंक/वित्तीय संस्थाहरूबाट बोलेको भनेर ओपीटी मागी पैसा ट्रान्सफर गर्ने, गिफ्ट प्याकेज, अनलाइन सपिङलगायतका बहानामा पनि ठगी गर्ने कार्य भइरहेको ब्युरोको विज्ञप्तिमा उल्लेख छ ।
ब्युरोले यस्तो अवस्थामा आम जनमानसमा गलत विज्ञापनहरूमा विश्वास नगर्न, आआफ्नो व्यक्तिगत बैंकिङ खाताको सही सदुपयोग गर्नका साथै प्रविधिको सुरक्षित तबरले प्रयोग गर्न सचेत गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण