नेपालमा १ लाख ४१ हजार होटल, तलबी कर्मचारी १ लाख ६ हजार मात्रै
काठमाडौँ । नेपालमा होटल तथा रेष्टुरेन्टको संख्या १ लाख ४० हजार भन्दा माथि पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले गरेको राष्ट्रिय होटल तथा रेष्टुरेन्ट सर्भेक्षणले यो अवस्था देखाएको हो ।
कार्यालयले आर्थिक वर्ष २०७९/८० मा गरेको उक्त सर्भेक्षणमा कुल १ लाख ४१ हजार २२३ वटा आवास तथा भोजन सेवासँग सम्वन्धित प्रतिष्ठानहरु रहेको उल्लेख गरिएको छ । ती संस्थाहरुमा कुल ३ लाख ८७ हजार ७४७ जना आवद्ध भएको सर्भेक्षणले देखाएको छ । यो सो क्षेत्रका आवद्ध व्यवसायी तथा उनीहरुका साझेदार, वेतलबी पारिवारिक सदस्यहरु र तलबी रोजगार व्यक्तिको समेत संख्या हो ।
यो संख्यामध्ये १ लाख ६ हजार ४५९ जना मात्रै तलबी कर्मचारी भएको प्रतिवेदनले देखाएको छ । नेपाल स्ट्यान्डर्ड औद्योगिक वर्गीकरणको ‘आई’ खण्ड अन्तर्गत पर्ने अल्पकालीन आवास सुविधा प्रदान गर्ने वा जुनसुकै प्रकारको भोजन सेवा उपलव्ध गराउने प्रतिष्ठान यस अन्तर्गत रहेको कार्यालयले जनाएको छ ।
यी प्रतिष्ठानहरुमा होटल, रिसोर्ट होटल, अपार्टमन्ट होटल, मोटल, मोटर होटल, पाहुनाघर, धर्मशाला, पेन्सन्स आवास, बिछौना र खाजा, हेलिडे होम, कटेज क्याबिन, यूवा आवास तथा हिमाली आश्रय लगायत रहेका छन् । पाँचतारे होटलदेखि सडकको छेउमा हुने खाजा पसलसम्म यस अन्तर्गत समावेश गरिएको कार्यालयका निर्देशक राजेश धितालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण