ट्रम्पको लस भेगासस्थित होटल अगाडि पड्कियो मस्कको साइबर ट्रक
वासिङ्टन डिसी । अमेरिकी प्रहरीहरूले नाभेदा राज्यको लस भेगासस्थित नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको होटलबाहिर साइबर ट्रक पड्किएको मामिलामा छानबिन गरिरहेका छन् ।
ट्रम्प होटल अगाडि अमेरिकी खर्बपति व्यापारी तथा ट्रम्पको आगामी कार्यकालको बाहिरी सल्लाहकार समेत रहेका एलन मस्कको विद्युतीय कार बनाउने कम्पनी टेस्लाको साइबर ट्रक विष्फोट भएको थियो ।
घटनाको समयमा ट्रकभरि ग्यास क्यानिस्टर्स र फायरवर्क मोर्टार्स भएको बताइएको छ । विष्फोटमा परेर चालकको मृत्यु भएको छ । अरु सात जना घाइते भएको प्रहरीले बताएको छ । यस घटनामा मर्ने र घाइते भएका व्यक्तिहरूको पहिचान प्रहरीले खुलाएको छैन । घाइते सबैको चोटपटक सामान्य भएको प्रहरीको भनाइ छ ।
उक्त साइबर ट्रक भाडामा लिइएको थियो । बुधबार बिहान विष्फोट हुनु भन्दा दुई घन्टा अगाडि मात्रै ट्रक लस भेगासमा आइपुगेको थियो । ट्रक ट्रम्प होटलको शिशाको द्वार नजिकै पार्क गरेर राखिएको थियो । ट्रकमा धुवाँ आउन शुरु भएको अनि त्यसपछि पड्किएको बताइएको छ । साँझमा एउटा सम्बोधनमा राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसले यस घटनाबारे छानबिन गर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण