सुशासनको पक्षमा सरकार र राजनीतिक दलप्रति जनताले गम्भीर प्रश्न उठाएका छन् : प्रचण्ड
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासन, सामाजिक न्यायको पक्षमा सरकार र राजनीतिक दलप्रति जनताले गम्भीर प्रश्न उठाएको बताएका छन् । शुक्रबार नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार र राजनीतिक दल इमानदार नहुँदा जनताले प्रश्न उठाएको बताएका हुन् ।
‘आदर्शका कुरा हामी गर्छौँ नै तर व्यवहारमा साँच्चै के गरेका छौँ ? नियत र निष्ठा कसको के हो भन्ने कुरा बढो महत्त्व हुँदो रहेछ । निष्ठा र इमानदारिताका साथ भ्रष्टाचारविरुद्ध गएका छौँ त ? सुशासनको पक्षमा छौँ त ? नेपाली जनताले राजनीतिक दल, सरकारबाट त्यो अपेक्षा गरेका छन् त ? गम्भीर प्रश्न चिन्ह छदैछ’, उनले भने । यद्यपि तेस्रोपटक आफू प्रधानमन्त्री हुँदा सुशासनको पक्षमा भ्रष्टाचार र सामाजिक विभेदका विरुद्ध, आर्थिक समस्याबाट देशलाई राहत दिने पक्षमा इमान्दारितापूर्वक काम गरेको दाबी गरे । कार्यक्रममा उनले पत्रकारिता क्षेत्रमा इनफर्मेसन, डिसइनफर्मेसन र मिसइनफर्मेसनको कारण ठुलो चुनौती देखा परेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नियमावली र नीति स्वीकृतदेखि विभिन्न नियुक्तिसम्म : यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
गोरखापत्रको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त
-
कमैया श्रम निषेधसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत
-
शिक्षा नियमावली १० औँ संशोधन स्वीकृत
-
इरानको चेतावनी : होर्मुज जलडमरूमध्यमा आफूले तोकेकै मार्ग प्रयोग गर्न आग्रह
-
विशिष्ट संरचना सञ्चालन तथा विकास समितिको कार्यकारी निर्देशकमा खड्का नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण