बुहारीको हत्या आरोपी १६ वर्षपछि पक्राउ
शनिबार, २० पुस २०८१, ११ : ०५
रौतहट । आफ्नै भाइ बुहारीको हत्या आरोपी १६ वर्षपछि पक्राउ परेका छन् ।
कटहरिया नगरपालिका–१ का ५२ वर्षीय जितन महतो नुनियालाई घटनाको १६ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले जानकारी दिए ।
पक्राउ परेका आरोपी जितनलाई जिल्ला अदालत गौरबाट म्याद थप गराइ थप अनुसन्धान गरिरहेको इन्स्पेक्टर उमाशंकरले जानकारी दिए। महतोले २०६५ साल पुस २४ गते भाइ हरिराम महतोको श्रीमती वर्ष २२ की शारदा देवीको हत्या गरी शव बेपत्ता पारेर फरार भएका थिए। घटनाको अनुसन्धान गर्दै जाँदा हत्या गरिएको ३ दिन पछि पुस २७ गते खेतमा गाडेको अवस्थामा प्रहरीले शारदाको शव फेला परेको थियो ।
घटना भएदेखिनै फरार महतोलाई खोज तलास गर्दै शुक्रवार पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय रौतहटको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
-
संसद्को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण