सिड्नी टेस्टको दोस्रो दिन विकेटको वर्षा
सिड्नी । बोर्डर गावस्कर ट्रफी अन्तर्गत अस्ट्रेलिया र भारतबिचको अन्तिम तथा पाँचौँ टेस्टको दोस्रो दिन विकेटको वर्षा भएको छ । एकै दिन १५ विकेट खसेको हो ।
दोस्रो दिनको समाप्तिमा भारतले ६ विकेटको क्षतिमा १ सय ४१ रन बनाएको छ । भारतले आयोजक अस्ट्रेलियाविरुद्ध १ सय ४५ रनको अग्रता बनाउन सफल भएको छ ।

भारतका लागि विकेटकिपर ऋषभ पन्तले विस्फोटक पारी खेल्दै ३३ बलमा ६१ रन बनाए । उनले आफ्नो इनिङ्समा ६ चौका र ४ छक्का प्रहार गरे । अन्य ब्याटरले भने ठुलो योगदान दिन सकेनन् ।
ओपनर यशस्वी जैसवालले ३५ रनमा २२ रन जोडे । उनले ४ चौका प्रहार गरे । केएल राहुल र शुभमन गिलले १३–१३ रन बनाए । विराट कोहली ६ रन तथा नितिश कुमार रेड्डी ४ रन बनाउँदै पभेलियन फर्किए ।

अस्ट्रेलियाका लागि स्कट बोल्याण्डले १३ ओभर बलिङ गर्दै ४२ रन खर्चेर ४ विकेट लिए । कप्तान प्याट कमिन्स र बीउ वेबस्टरले १–१ विकेट हात पारे ।
यसअघि १ विकेट गुमाएर ९ रन बनाएको स्थितिबाट दिनको सुरुवात गरेको अस्ट्रेलियाको इनिङ्स १ सय ८१ रनमा समेटिएको थियो ।
अस्ट्रेलियाका लागि डेब्यु गरिरहेका वेबस्टरले ५७ रनको योगदान दिए । उनले १ सय ५ बलमा ५ चौका प्रहार गरे ।
त्यस्तै, स्टिभ स्मिथले ३३ रन तथा साम कोन्सटासले २३ रन बनाए । विकेटकिपर एलेक्स केरीले २१ तथा कमिन्सले १० रन बनाए ।
भारतका लागि मोहम्मद सिराज र प्रसिद्ध कृष्णाले ३–३ विकेट हात पारे भने जसप्रित बुमराह र नितिश कुमार रेड्डीले २–२ विकेट लिए । शृङ्खलामा अस्ट्रेलिया २–१ ले अघि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल अफिसरका लागि जागिर खुल्यो
-
संघबाट प्रभावकारी हस्तक्षेप नगरेसम्म कर्णालीको विकास सम्भव छैन : सांसद महेन्द्र बहादुर शाही
-
कर्णाली प्रदेशकाे मन्त्रिपरिषद् बैठकले गर्याे यस्ता निर्णय
-
विपद्का बेला नसर्ने रोगको उपचार निरन्तर गर्न संयुक्त पहल आवश्यक : विज्ञ
-
राष्ट्रियसभाको बैठक: भिन्न प्रतिवेदन पेस हुने
-
पोखरामा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण