सुस्मिता मृत्यु प्रकरण : फरार रहेका युवक मृत फेला
काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ गौशाला स्थित होटलमा युवती मृत भेटिएको प्रकरणमा फरार रहेका युवक पनि मृत फेला परेका छन् । ओखलढुंगा घर भएर जापान बस्दै आएका देव बहादुर थापा पनि झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी कृष्ण खड्का अनुसार २४ वर्षीय थापाको शव सुनकोशी देवीस्थान जंगलमा रहेको रुखमा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको हो ।
गत पुस १६ मा बागमती होटलमा सुस्मिता खड्का मृत फेला परिन् । कागेश्वरी मनोहरा नगरपालिकास्थित आलापोट घर भएकी उनी होटलको ३०८ नम्बर कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।
मध्यान्ह उनीसँगै होटलमा गएका थापा भने फरार थिए । होटलको कोठा जापान बस्दै आएका थापाकै नाममा बुक भएको भेटिएको थियो ।
युवकका परिवार आलापोटमा बस्छन् । थापाले आफ्नो सवारी चालक अनुमति पत्रको फोटोकपी होटलमा बुझाएका थिए । होटल बुक गर्ने थापालाई प्रहरीले खोजी गरिरहेको थियो ।
यता, सुस्मिताको शरीरमा घाउचोट देखिएको छैन । अनुसन्धान अधिकृतहरूले उनको हत्या भएको आशंका गरेका छन् । उनको मृत्युको कारण खुलेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
-
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण