माधव नेपालले बाँडे अग्निपीडितलाई राहत
रौतहट । नेपाल कम्युनिष्ट पार्टी .एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अग्निपीडितहरूलाई राहत वितरण गरेका छन् ।
रौतहट क्षेत्र नं १ का सांसदसमेत रहेका अध्यक्ष नेपालले राजदेवी-५ पतही गाउँकामा आगलागीपीडितलाई राहत उपब्ध गराएका हुन् । राहत हस्तान्तरण गर्दै अध्यक्ष नेपालले आगलागीपीडित परिवारको सुरक्षित आवास निर्माण गर्न जग्गा व्यवस्थापनका लागि आफूले पहल गर्ने बताए । उनले आगलागीपीडितलाई भेटेर तत्काल घर निमार्णका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।
जनता आवास कार्यक्रमअन्तर्गत गरिब तथा विपन्न परिवारको घर निर्माण तथा जमिन उपलब्ध गराइदिन अध्यक्ष नेपालले सरकारसँग आग्रह गरेका छन् । उनले पीडित परिवारलाई खाद्यान्न, त्रिपाल, कम्बलसहितका सामान हस्तान्तरण गरे । गएको सोमबार राजदेवी नगरपालिका–५ पताहीटोलमा स्थानीय जगरनाथ पासवानको घरमा जाडो छल्न बालेको घुरबाट आगो सल्किँदा गाउँका सात घर जलेका थिए ।
आगलागीबाट राजदेवी–५ पताहीका जगरनाथ पासवान, राम सोगारथ पासवान, बाबुलाल पासवान, दीपेन्द्र पासवान, विजय पासवान, शिवचन्द्र पासवान र रामनाथ पासवानको घर तथा घरभित्र रहेका लत्ताकपडा र सामान पूर्ण रूपमा जलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउट चरणमा
-
४ पटकको विश्व विजेता जर्मनीलाई इक्वेडरको झट्का, हारका बाबजुद जर्मनी र आइभोरी कोस्ट अन्तिम ३२ मा
-
इक्वेडरको सनसनीपूर्ण पुनरागमन: ७७औँ मिनेटमा गोल गर्दै जर्मनीविरुद्ध २–१ को अग्रता
-
पदाधिकारीका लागि आज चुनावी प्रतिस्पर्धा, यस्तो छ ‘हेभिवेट’ उम्मेदवारहरूको दाबेदारी
-
रवि लामिछाने मध्यरातमा महाधिवेशन स्थलमा, आकांक्षीहरुसँग छलफल (फोटो फिचर)
-
सातै प्रदेशका ‘टपर’ नेताहरू को–को हुन् ? हेर्नुहोस् सर्वाधिक मत ल्याउने ७ उम्मेदवार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण