बोर्डर–गावस्कर शृङ्खला : स्टिभन स्मिथ, ९९९९ रन र प्रसिद्ध कृष्णा
काठमाडौँ । भारतविरुद्धको बोर्डर–गावस्कर टेस्ट क्रिकेट शृङ्खला घरेलु टोली अस्ट्रेलियाका लागि निकै उपलब्धिपूर्ण रह्यो । पाँच टेस्टको शृङ्खलामा अस्ट्रेलिया ३–१ ले विजयी भयो ।
पहिलो टेस्टमा भारत दुई सय ९५ रनले विजयी भएको थियो । दोस्रो टेस्टमा अस्ट्रेलिया १० विकेटले विजयी भएको थियो । तेस्रो टेस्ट बराबरीमा सकिएको थियो । चौथो टेस्टमा अस्ट्रेलिया एक सय ८४ रनले विजयी भएको थियो । पाँचौँ टेस्टमा पनि अस्ट्रेलिया ६ विकेटले विजयी भयो ।
बोर्डर–गावस्कर शृङ्खला जितेसँगै अस्ट्रेलिया आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्न पनि सफल भयो । अब अस्ट्रेलियाले विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकाको सामना गर्नेछ ।
तर, अस्ट्रेलियाका स्टार ब्याट्सम्यान स्टिभन स्मिथका लागि भने यो शृङ्खला केही खल्लो बन्न पुग्यो । उनले केवल एक रनका कारण टेस्ट क्रिकेटमा १० हजार रनको कोशेढुंगा पुरा गर्नबाट चुके । यो शृङ्खलाको समाप्तिपछि स्मिथले टेस्ट क्रिकेटमा बनाएको रन नौ हजार नौ सय ९९ पुगेको छ ।
शृङ्खला अन्तर्गतको पाँचौँ टेस्टको पहिलो पालीमा ३५ वर्षीय स्मिथले ३३ रन बनाए । पहिलो पालीमा उनले ५७ बलको सामना गरी एक छक्का र चार चौका हिर्काए । उनी प्रसिद्ध कृष्णाको बलमा केएल राहुलद्वारा क्याच भएका थिए ।
दोस्रो पालीमा पनि उनी चार रनभन्दा अगाडि बढ्न सकेनन् । थप एक रन बनाएको भए टेस्ट क्रिकेटमा स्मिथको १० हजार रन पुरा हुने थियो । दोस्रो पालीमा पनि उनको विकेट प्रसिद्ध कृष्णाले नै लिए । प्रसिद्धले स्मिथलाई यशस्वी जैसवालद्वारा क्याच गराए ।
अब स्मिथले १० हजार रनको कोशेढुंगा पुरा गर्न श्रीलंकाविरुद्धको शृङ्खलाको प्रतीक्षा गर्नु पर्नेछ । बोर्डर–गावस्कर शृङ्खलामा स्थिमको प्रदर्शन भने उत्कृष्ट रह्यो । उनले शृङ्खलामा दुईवटा शतक पनि बनाए । उनले शृङ्खलाको तेस्रो र चौथो टेस्टमा शतक बनाएका हुन् ।
स्मिथले एक सय १४ टेस्टको दुई सय चार पालीमा कुल नौ हजार नौ सय ९९ रन बनाएका हुन् । यस क्रममा उनले ३४ शतक र ४१ वटा अर्धशतक पनि प्रहार गरेका छन् । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर भने दुई सय ३९ रन हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण