एक हप्ताअघि घरबाट भागेका केटाकेटी मृत फेला
आइतबार, २१ पुस २०८१, १२ : ४२
दैलेख । दैलेखमा एक हप्ता अघि घरबाट भागेका केटाकेटी मृत फेला परेका छन् । मृत भेटिनेमा भगवतीमाई गाउँपालिका–४, मन्घर टोलका १७ वर्षीया शर्मिला थापा र १७ वर्षकै मानसिंह विक रहेका छन्।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख, डीएसपी सुनिल दाहालका अनुसार उनीहरू अघिल्लो शनिवार (पुष १३ गते) घरबाट भागेका थिए ।
घरभन्दा केही टाढा पर्ने जङ्गलमा शनिवार मृत अवस्थामा भेट्टिएको उनले रातोपाटीलाई बताए । ‘दुईबिच प्रेम सम्बन्ध रहेको र घरबाट बिहे गर्न नदिएको होकि भन्ने प्रारम्भिक अनुमान गरिएको छ,’ उनले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’
उनीहरू उक्त वडामा रहेको कालिका माध्यमिक विद्यालयमा अध्ययनरत थिए । थापा ९ र विक १० कक्षामा अध्ययनरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण