कहिले र कहाँ हुँदैछ आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल ?
काठमाडौँ । आईसीसी विश्व टेस्ट च्याम्पियनसिप क्रिकेटको फाइनलमा पुग्ने दुबै टोलीको टुंगो लागिसकेको छ । दक्षिण अफ्रिका र अस्ट्रेलियाले प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेका छन् ।
अघिल्लो दुबै संस्करणको फाइनलमा पुगेको भारत भने यसपटक उपाधि होडबाट बाहिरिएको छ । अघिल्लो दुबै संस्करणको फाइनल खेल इङ्ल्यान्डमा खेलिएको थियो ।
तेस्रो संस्करणको फाइनल खेल पनि इङ्ल्यान्डको ऐतिहासिक लर्डस क्रिकेट मैदानमै खेलाइने छ । आगामी जुन ११ तारिखमा लर्डसमा अस्ट्रेलिया र दक्षिण अफ्रिकाबिच उपाधिका लागि भिडन्त हुनेछ ।
अस्ट्रेलिया लगातार दोस्रो पटक टेस्ट च्याम्पियनसिपको फाइनलमा पुगेको हो । दक्षिण अफ्रिकाले भने पहिलो पटक टेस्ट च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको हो ।
सन् २०२३ मा खेलिएको टेस्ट च्याम्पियनसिपको फाइनलमा अस्ट्रेलियाले भारतलाई दुई सय नौ रनले हराउँदै उपाधिमाथि कब्जा जमाएको थियो ।
प्रतियोगिताको पहिलो संस्करणको उपाधि भने न्युजिल्यान्डले जितेको थियो । सन् २०२१ मा खेलिएको पहिलो संस्करणको फाइनलमा न्युजिल्यान्डले भारतलाई आठ विकेटले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा संयोजक प्रचण्ड श्रीलंका प्रस्थान
-
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल अफिसरका लागि जागिर खुल्यो
-
संघबाट प्रभावकारी हस्तक्षेप नगरेसम्म कर्णालीको विकास सम्भव छैन : सांसद महेन्द्र बहादुर शाही
-
कर्णाली प्रदेशकाे मन्त्रिपरिषद् बैठकले गर्याे यस्ता निर्णय
-
विपद्का बेला नसर्ने रोगको उपचार निरन्तर गर्न संयुक्त पहल आवश्यक : विज्ञ
-
राष्ट्रियसभाको बैठक: भिन्न प्रतिवेदन पेस हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण