एआईले यस्तो अवस्थामा रहेका बिरामी पत्ता लगाउन सक्ने
काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले आत्महत्याको जोखिममा रहेका बिरामीहरूको पहिचान गर्न चिकित्सकहरूलाई मद्दत गर्न सक्ने नयाँ अनुसन्धानले देखाएको छ ।
यसले नियमित चिकित्सा प्रक्रियाहरूमा आत्महत्या रोकथामका प्रयासलाई सुधार्न सघाउने आशा गरिएको छ । जेएएमए नेटवर्क ओपन जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार अनुसन्धानकर्ताहरूले दुईवटा विधिको तुलना गरेका थिए । पहिलो विधि डाक्टरहरूलाई काम गरिरहेको समयमा रोकेर पप–अप अलर्ट देखाउनु थियो । दोस्रो चाहिँ बिरामीको इलेकट्रोनिक रिपोर्टमा जोखिमबारे जानकारी दिनु थियो ।
अनुसन्धानका क्रममा पप–अप अलर्ट बढी प्रभावकारी भएको पाइयो । यस्ता अलर्टका कारण चिकित्सकहरूले ४२ प्रतिशत घटनामा आत्महत्याको जोखिम मूल्याङ्कन गरेका थिए जबकि रिपोर्टमा जानकारी मात्रै देखाउने तरिकामा यो दर ४ प्रतिशत मात्रै थियो ।
आत्महत्या गर्ने अधिकांश व्यक्तिहरूले आफ्नो मृत्यु भन्दा एक वर्ष अघि कुनै नु कुनै डाक्टरलाई भेटेको हुने भेन्डरबिल्ट युनिभर्सिटी मेडिकल सेन्टरका प्रोफेसर कोलिन वाल्शले बताए । तर यस्तो भेट प्रायः मानसिक स्वास्थ्य समस्याको लागि हुने नगरेको उनको भनाई थियो ।
अनुसन्धान टोलीले तीन न्यूरोलोजी क्लिनिकमा आत्महत्या जोखिमका बिरामीहरूको जाँच गर्न भेन्डरबिल्ट सुसाइड एटेम्प्ट एन्ड आइडियासन लिक्लिहुड (वीएसएआईएल) राखेको थियो । हरेक स्थानमा बिरामीहरूको स्क्रीनिङ्ग गर्न सम्भव हुन्न । वीएसएआईएल मोडेल खासगरी उच्च जोखिममा रहेका बिरामीहरू पहिचान गर्न र डाक्टरहरूलाई आवश्यक परीक्षणहरू गराउन मद्दत गर्न विकास गरिएको बाल्शले बताए । यस मोडेलले बिरामीको इलेकट्रोनिक स्वास्थ्य रेकर्डहरू हेरेर अर्को ३० दिनमा उसको आत्महत्या प्रयासको जोखिमबारे भविष्यवाणी गर्ने पनि उनले बताए ।
यो प्रणालीलाई अन्य चिकित्सा क्षेत्रमा पनि प्रयोग गर्न सकिने अनुसन्धाताहरू बताउँछन् । तर स्वास्थ्य सेवाहरूले प्रभावकारी सतर्कता र तिनीहरूको सम्भावित नकारात्मक प्रभावबिच सन्तुलन कायम गर्नुपर्ने उनीहरूको भनाइ छ । आत्महत्या गरेका मानिसहरूले आत्महत्या गर्नु भन्दा एक वर्ष अघि कुनै न कुनै चिकित्सकसँग सम्पर्क गरेको हुने पनि अनुसन्धानमा पाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण