अचानक ट्रम्पलाई भेट्न किन गइन् इटालीकी प्रधानमन्त्री मेलोनी ?
वासिङ्टन डीसी । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी आइतबार अचानक अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न फ्लोरिडा पुगेकी छिन् ।
ट्रम्पले राष्ट्रपतिको पदभार ग्रहण गर्न २ हप्ता मात्रै बाँकी रहेको समयमा मेलोनीको यो भ्रमण भएको हो । अर्को रोचक कुरा चाहिँ के छ भने अबको केही दिनमै अमेरिकाका वर्तमान राष्ट्रपति जो बाइडेन इटालीको औपचारिक भ्रमणमा जाँदैछन् । यस भ्रमणमा बाइडेनले प्रधानमन्त्री मेलोनी र पोप फान्सिसलाई भेट्दैछन् ।
ट्रम्पसँगको आफ्नो राम्रो सम्बन्धलाई मेलोनीले युरोप र अमेरिकाबीच सम्भावित व्यापार युद्ध रोक्न प्रयोग गर्न सक्ने आशा उनको सहयोगीहरूले गरेका छन् । यस भेटवार्ताका क्रममा मेलोनीले ट्रम्पसँग इरानबारे पनि छलफल गरेको बताइएको छ । इटालीकी पत्रकार सेसिलिया सालालाई हालै इरानमा कानुन उल्लङ्घन गरेको आरोपमा हिरासतमा राखिएको थियो ।
हालै इटालीले मोहम्मद अबेदिनी नामका एक इरानी व्यापारी पक्राउ गरेको थियो । अमेरिकाको आग्रहमा उनलाई पक्राउ गरिएको हो । उनीमाथि अमेरिकी प्रतिबन्धका बाबजुद इरानलाई ड्रोन नेभिगेसन टेक्नोलोजी आपूर्ति गरेको आरोप लागेको छ । यसैको प्रतिकारमा इरानले सेसिलिया सालालाई पक्राउ गरेको मानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण