स्वर्णलक्ष्मीको रकम गोर्खा मिडियामा आएकोबारे आफूलाई जानकारी नभएको छविलाल जोशीको बयान
काठमाडौँ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । सरकारी वकिलको कार्यालयले ३८ जनालाई प्रतिवादी बनाउँदै आइतबार सहकारी ठगी र सङ्गठित अपराधको कसुरमा मुद्दा दायर गरेको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने, जीबी (गितेन्द्रबाबु) राई, नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी समेतलाई प्रतिवादी बनाएको छ ।
दायर मुद्दामा आरोपितमध्येका छविलाल जोशीले दिएको बयानमा गोर्खा मिडियामा आएको रकमबारे आफूलाई कुनै जानकार रहेको बताएका छन् । उनले बयानमा भनेका ‘सहकारीको रकम गोर्खा मिडियामा आएकोबारे जीवी र रविलाई नै थाहा होला । यसबारे मलाई केही जानकारी छैन ।’
छविले गोरखा मिडियामा आफ्नो संलग्नताबारे समेत खुलाएका छन् । ‘काठमाडौँ प्रहरी प्रमुख भएको बेला रविसँग मेरो चिनजान थियो । जीबीकै सल्लाह अनुसार रवि लामिछानेलाई समेत आबद्ध गरी टेलिभिजन सञ्चालन गर्ने कुराकानी भएको र सो टेलिभिजन सञ्चालन गर्दा मलाई विना लगानी टेलिभिजनमा सञ्चालकको हैसियतले आबद्ध हुनु भनिएको थियो’, जोशीको बयानमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण