स्वर्णलक्ष्मीको रकम गोर्खा मिडियामा आएकोबारे आफूलाई जानकारी नभएको छविलाल जोशीको बयान

काठमाडौँ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । सरकारी वकिलको कार्यालयले ३८ जनालाई प्रतिवादी बनाउँदै आइतबार सहकारी ठगी र सङ्गठित अपराधको कसुरमा मुद्दा दायर गरेको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने, जीबी (गितेन्द्रबाबु) राई, नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी समेतलाई प्रतिवादी बनाएको छ ।
दायर मुद्दामा आरोपितमध्येका छविलाल जोशीले दिएको बयानमा गोर्खा मिडियामा आएको रकमबारे आफूलाई कुनै जानकार रहेको बताएका छन् । उनले बयानमा भनेका ‘सहकारीको रकम गोर्खा मिडियामा आएकोबारे जीवी र रविलाई नै थाहा होला । यसबारे मलाई केही जानकारी छैन ।’
छविले गोरखा मिडियामा आफ्नो संलग्नताबारे समेत खुलाएका छन् । ‘काठमाडौँ प्रहरी प्रमुख भएको बेला रविसँग मेरो चिनजान थियो । जीबीकै सल्लाह अनुसार रवि लामिछानेलाई समेत आबद्ध गरी टेलिभिजन सञ्चालन गर्ने कुराकानी भएको र सो टेलिभिजन सञ्चालन गर्दा मलाई विना लगानी टेलिभिजनमा सञ्चालकको हैसियतले आबद्ध हुनु भनिएको थियो’, जोशीको बयानमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वेच्छाले अमेरिका छाड्ने अवैध आप्रवासीलाई हजार डलर दिँदै छन् ट्रम्प
-
विराट कोहलीलाई ‘जोकर’ र उनका समर्थकलाई ‘महाजोकर’ भनेपछि गायक राहुल विवादमा
-
हमास हमलाको जाँच गर्न इजरायली क्याबिनटले गर्यो अस्वीकार
-
पोखरामा श्रीमतीको हत्या गरेर बरालले गरे आत्महत्या
-
श्रीलङ्कामा स्थानीय निर्वाचनका लागि सुरु भयो मतदान
-
वर्षाका कारण बुटवल–नारायणगढ राजमार्गअन्तर्गत दाउन्ने सडक अवरुद्ध