सूर्यदर्शन सहकारी ठगी प्रकरण : प्रतिवादीका वकिलले उठाए हदम्यादको प्रश्न
पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगीको मुद्दा जिल्ला अदालत कासकीमा बहसको क्रममा छ । सरकारी वकिल र जाहेरवालाको तर्फबाट बहस सकिएपछि अहिले प्रतिवादीका तर्फबाट वकिलहरूले बहस गरिरहेका छन् । हालसम्म लिला पछाईं र छविलाल जोशीका कानुन व्यवसायीले बहस सकेका छन् । उनीहरुले सहकारीको पूरक अभियोगपत्र हदम्याद नाघेपछि दर्ता भएकोले खारेज हुनुपर्ने माग गरेका छन् ।
वरिष्ठ अधिवक्ता शम्भु थापाले जोशीको पक्षबाट बहस गर्दै सहकारी ऐन अनुसार पूरक अभियोग ३५ दिने हदम्याद नाघेर आएकाले अभियोगपत्र नै बदर हुनुपर्ने माग राखेका हुन् । पहिलो अभियोग २०८० असोज १८ गते दर्ता भएको थियो । उक्त मुद्दामा थप प्रतिवादी रहेको र पुनः अनुसन्धान हुनुपर्ने भन्दै पीडितहरूले पूरक जाहेरी दिए । प्रहरीले पूरक जाहेरीकै आधारमा अनुसन्धान सकेर सरकारी वकिललाई बुझाएको हो । उक्त अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले पुस ५ गते र ७ गते अभियोगपत्र दायर गरेको छ ।
पूरक अभियोगपत्र हदम्याद भन्दा ढिलो आएकोले बदर गर्नुपर्ने थापाको जिकीर छ । ‘पहिलो अभियोग दर्ता गर्दा १९ जना प्रतिवादी थिए । उक्त अभियोगभन्दा फरक तथ्य पछि फेला परेको छैन । मुद्दामा अनुसन्धान प्रक्रियामा नयाँ तथ्य फेला परे कसैलाई प्रतिवादी बनाउन सकिने उल्लेख छ । त्यो पनि ३५ दिनभित्रको हदम्याद उल्लेख छ,’ उनले भने, ‘यो पहिले नै उठिसकेको मुद्दा हो । नयाँ फ्याक्ट होइन, पूरक अभियोग चलाउनुपर्दैन । हदम्यादको हिसाबले पूरक अभियोग बदर हुनुपर्छ ।’ उनले पैसा लगेर मासिएको भनिएको गोर्खा मिडिया र नेचर हब्स जस्ता कम्पनीहरूलाई प्रतिवादी नबनाइएको भन्दै प्रश्न गरे ।
तर अभियोगपत्रमा दुवै कम्पनीलाई प्रतिवादी बनाइएको छ । थापाले राजनीतिक प्रतिशोध राखेर मुद्दा दायर भएको बताए । ‘सहकारीबाट ऋण लिन नियमावली अनुसार सदस्य हुनुपर्यो । त्यो भित्र नभएको मान्छेले ऋण खाने कुरै भएन,’ उनी भन्छन्, ‘अभियोगपत्र नै गलत मनसायका साथ आयो । राजनीतिक प्रतिशोध राखेर आयो ।’ छवि पक्षका २ जनाले आइतबार बहस गरेका छन् । शुक्रबार बहस गरेका डा. गणेशबहादुर भट्टराईले बाँकी बहस आइतबार सिध्याए भने त्यसपछि थापाले बहस गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण