सिंहदरबारको गेटबाट अभियन्ता फणीन्द्र नेपाल नियन्त्रणमा
सोमबार, २२ पुस २०८१, १५ : ५२
काठमाडौँ । ग्रेटर नेपाल अभियान चलाइरहेका फणीन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधित क्षेत्रमा प्लेकार्डसहित प्रदर्शन गर्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
नेपाललाई अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । दक्षिण गेटबाट पक्राउ परेका नेपालले सुगौली सन्धिमार्फत भारतमा गाभिएको ६० हजार वर्ग किलोमिटर भूमि फिर्ता हुनुपर्ने माग राखेर अभियान सञ्चालन गर्दै आएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण