मधेसी दलसँग सहकार्यका लागि तमलोपाले गठन गर्यो कार्यदल
काठमाडौँ । मधेस केन्द्रित दलहरूसँग सहकार्य र एकताका लागि तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले कार्यदल गठन गरेको छ । तमलोपाका वरिष्ठ नेता एवं संविधानसभा सदस्य डा.विजय कुमार सिंहको संयोजकत्वमा गठन भएको कार्यदलमा रविशंकरलाल कर्ण (सुभाष) र बिभा ठाकुर सदस्य रहेका छन् ।
कार्यदल २०७९ साउनमा नै गठन गरिएको थियो । तर सोमबार मात्रै उक्त कार्यदल सार्वजनिक गरिएको हो । अन्तर पार्टी संवाद र विचार मिल्ने पार्टीहरूसँग सहकार्यको वातावरण बनाउन गठित कार्यदल नै मधेस केन्द्रित दलहरूबिच हुने संवादमा सहभागी हुने तमलोपाको प्रचार विभाग प्रमुख उमेश कुमार मण्डलले बताए ।
तमलोपा, जनता प्रगतिशील पार्टी र जनमत पार्टीको बिचमा सहकार्य गर्ने सहमति पहिले नै भइसकेको बताउँदै उनले संविधान संशोधनको विषयमा केन्द्रित रहेर तमलोपा, मधेसी राष्ट्रिय मुक्ति मोर्चा, नेपाल सद्भावना पार्टी, जन अधिकार पार्टी तथा एकीकृत समाजवादी पार्टीका स्थानीय नेताहरू सम्मिलित संयुक्त मधेस संघर्ष समिति समेत यसअघि नै भइसकेको बताए ।
समितिले धनुषा, महोत्तरी र सिरहामा खबरदारी सभाहरू गरिसकेको छ । अन्य जिल्लाहरू यस्तै खबरदारी सभा गर्ने तयारी भइरहेको उमेश कुमार मण्डलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण