नाबालिग खेलाडीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रशिक्षक पक्राउ
काठमाडौँ । भारतको उत्तराखण्डकी एक नाबालिग महिला हकी खेलाडीले आफ्नै प्रशिक्षकमाथि जबरजस्ती करणी गरेको आरोप लगाएकी छन् । ती नाबालिग महिला खेलाडीले प्रशिक्षक भानु अग्रवालमाथि जबरजस्ती करणीको आरोप लगाएकी हुन् ।
ती नाबालिग खेलाडीको परिवारले जाहेरी दर्ता गराएपछि प्रशिक्षक अग्रवाललाई प्रहरीले पक्राउ गरिसकेको छ । यसै महिना उत्तराखण्डमै ३८औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ । ठुलो प्रतियोगिताको सँघारमै यो घटना सार्वजनिक भएपछि भारतीय खेलक्षेत्र तरंगित बनेको छ ।
राष्ट्रिय खेलकुद प्रतियोगिता जनवरी २८ तारिखमा सुरु हुँदैछ । ती नाबालिग महिला खेलाडीले पहिले घटनाको बारेमा परिवारका सदस्यलाई बताएकी थिइन् । त्यसपछि पीडित खेलाडीको पिताले प्रहरीमा जाहेरी दिएका थिए ।
स्थानीय प्रहरीले अग्रवाललाई भारतीय दण्ड संहिताको धारा ३७६ र पोक्सो ऐनअन्तर्गत पक्राउ गरिएको जनाएको छ । पीडित खेलाडीको स्वास्थ्य परीक्षण पनि गरिसकिएको प्रहरीले जनाएको छ । प्रहरीको उच्च स्तरीय टोलीले घटनाको अनुसन्धान गरिरहेको जानकारी हरिद्वारका वरिष्ठ प्रहरी अधिकृत प्रमेन्द्र सिंह डोभालले दिए ।
राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि उत्तराखण्ड आउने सम्भावना छ । मुख्यमन्त्री पुष्करसिंह धामीले प्रधानमन्त्री मोदीलाई भेटेर निम्तो समेत दिइसकेका छन् । त्यसैले पनि यो घटनालाई लिएर स्थानीय प्रहरी बढी नै सक्रिय बनेका छन् ।
घटना सार्वजनिक भएपछि उत्तराखण्डकी खेलकुदमन्त्री रेखा आर्यले पनि हरिद्वार पुगेर पीडित महिला र उनको परिवारसँग भेट गरेकी छन् । खेलकुदमन्त्री आर्यले घटना निकै निन्दनीय भएको प्रतिक्रिया दिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण