हमासको आक्रमणमा पीडित भएकाहरूको सामान हस्तान्तरण
मङ्गलबार, २३ पुस २०८१, १६ : ३९
काठमाडौँ । इजरायलमा भएको हमासको आक्रमणमा परेका नेपाली विद्यार्थीहरूको सामानहरू विद्यार्थी र परिवारलाई हस्तान्तरण गरिएको छ । सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा हमला गर्दा ‘सिक र कमाऊ कार्यक्रम’ मा सहभागी १० जना नेपाली विद्यार्थी मारिएका थिए भने ४ जना घाइते भएका थिए ।
नेपालस्थित इजरायली दूतावासले आक्रमणपछि त्यहीँ छुटेको नेपाली विद्यार्थीहरूको सामान फिर्ता गर्न पहल गरेको हो । उनीहरुलाई दूतावासमा बोलाएर राजदूत स्मुलिम एरी बासले सामानहरू हस्तान्तरण गरेका हुन् ।
राजदूत स्मुलिमले घटनामा बाँच्न सफल धन बहादुर चौधरीसहित अन्य ६ जना विद्यार्थी तथा विद्यार्थीका परिवारहरूलाई भेटेका थिए । उनले पीडित परिवारको कथा सुन्नुका साथै सान्त्वना प्रकट गरेको दूतावासले जनाएको छ । राजदूतावासले हमासको कब्जामा रहेका विपिन जोशीको शीर्ष रिहाइको कामना समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण