हमासको आक्रमणमा पीडित भएकाहरूको सामान हस्तान्तरण
मङ्गलबार, २३ पुस २०८१, १६ : ३९

काठमाडौँ । इजरायलमा भएको हमासको आक्रमणमा परेका नेपाली विद्यार्थीहरूको सामानहरू विद्यार्थी र परिवारलाई हस्तान्तरण गरिएको छ । सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा हमला गर्दा ‘सिक र कमाऊ कार्यक्रम’ मा सहभागी १० जना नेपाली विद्यार्थी मारिएका थिए भने ४ जना घाइते भएका थिए ।
नेपालस्थित इजरायली दूतावासले आक्रमणपछि त्यहीँ छुटेको नेपाली विद्यार्थीहरूको सामान फिर्ता गर्न पहल गरेको हो । उनीहरुलाई दूतावासमा बोलाएर राजदूत स्मुलिम एरी बासले सामानहरू हस्तान्तरण गरेका हुन् ।
राजदूत स्मुलिमले घटनामा बाँच्न सफल धन बहादुर चौधरीसहित अन्य ६ जना विद्यार्थी तथा विद्यार्थीका परिवारहरूलाई भेटेका थिए । उनले पीडित परिवारको कथा सुन्नुका साथै सान्त्वना प्रकट गरेको दूतावासले जनाएको छ । राजदूतावासले हमासको कब्जामा रहेका विपिन जोशीको शीर्ष रिहाइको कामना समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?