अवैध खैरो हेरोइनसहित ५ जना पक्राउ
बिहीबार, २५ पुस २०८१, १२ : ००
कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान शाखाबाट प्रहरी नायव निरीक्षक गजेन्द्र बहादुर चन्दको कमान्डमा खटिएको प्रहरी टोलीले अवैध खैरो हेरोइनसहित ५ जनालाई पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका–०९ को वडा कार्यालय नजिकबाट १ ग्राम ९१० मिलिग्राम खैरो हिरोइन, बङ्ग्राकटानबाट १३० मिलिग्राम र धनगढी उपमहानगरपालिका–१ शिवनगरबाट ५० मिलिग्राम गरी जम्मा २ ग्राम ९० मिलिग्राम खैरो हेरोइनसहित पाँच जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१० बस्ने वर्ष २६ का तपेन्द्र पाली, सोही नगरपालिका –९ बस्ने वर्ष २५ का महेश ओड, वर्ष २७ का नवल बोहरा, धनगढी उपमहानगरपालिका–९ बङराकटान बस्ने वर्ष २६ का डम्बर ठगुन्ना र धनगढी उपमहानगरपालिका–१ शिवनगर बस्ने वर्ष १९ का सुरज थापा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला
-
आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्माको दुई वटा भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
मधेस प्रदेश सरकार : ११ महिनामा २१ प्रतिशत बजेट खर्च
-
‘रोल नं १’ को टिकटमा किन दिइयो ५० प्रतिशत छुट ?
-
सेलिब्रेटी माझ ‘आई एम जितबहादुर’ को प्रिमिएर
-
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण