लेबनानले पाउला त राष्ट्रपति ?
बेरुत । लेबनानको संसदमा बिहीबार राष्ट्रपति चयन गर्न फेरि मतदान हुँदैछ । लेबनानमा राष्ट्रपति छान्न यति गाह्रो भएको छ कि पछिल्ला दुई वर्षमा त्यहाँको संसदले १२ पटक नयाँ राष्ट्रपति चयन गर्ने प्रयास गरिसकेको भएपनि हरेक प्रयास असफल भएको छ ।
पूर्व राष्ट्रपति मिशेल औनको कार्यकाल २०२२ को अक्टोबरमै सकिएको थियो । तर अहिलेसम्म पनि नयाँ राष्ट्रपति चयन गर्न सकिएको छैन । अब बिहीबारको मतदानमा नयाँ नेताको नाममा पारित हुने अपेक्षा गरिएको छ ।
को–को छन् दौडमा ?
लेबनानमा भावी राष्ट्रपति बन्ने दौडमा लेबनानी सेनाका कमान्डर जोसेफ औनको नाम अगाडि छ । जोसेफ औनलाई अमेरिका र साउदी अरेबियाको पनि समर्थन छ । यस्तो अवस्थामा, जोसेफ लेबनानको भावी राष्ट्रपति बन्ने सम्भावना बढी छ ।
यस दौडमा सुलेमान फ्राङ्गेहको नाम पनि समावेश छ । फ्राङ्गेहलाई हिज्बुल्लाहले पनि समर्थन गरेको थियो । उनी पूर्व सिरियाली राष्ट्रपति बसर अल–असदको नजिकको मान्छे मानिन्छ । तर फ्राङ्गेहले बुधवार राष्ट्रपतिको दौडबाट आफ्नो नाम फिर्ता लिएर जोसेफलाई समर्थन गरे । त्यसपछि जोसेफ औनको दाबेदारी बलियो भएको छ ।
विगत १४ महिनादेखि लेबनान इजरायल र हिजबुल्लाह बीचको द्वन्द्वमा फसेको छ । यति बेला लेबनानलाई पुनर्निर्माणको खाँचो छ । यो कुनै पनि नयाँ राष्ट्रपतिको लागि सबैभन्दा ठुलो चुनौती हुनेछ । लेबनानमा साम्प्रदायको आधारमा सत्ता बाँडफाँड गर्ने राजनीतिक प्रणाली छ ।
यसले गर्दा पनि राष्ट्रपति पदलाई लिएर प्रायः गतिरोध देख्न पाइन्छ । यस्तै गतिरोधका कारण यस अघि २०१४ को मेदेखि २०१६ का अक्टोबरसम्म करिब साढे दुई वर्षसम्म त्यहाँ राष्ट्रपतिको पद रिक्त रहेको थियो । मिशेल औन राष्ट्रपति बनेपछि यो गतिरोध समाप्त भएको थियो । तर अहिले फेरि त्यस्तै अवस्था सिर्जना भएको छ । तर बिहीबारको मतदानमा सजिलै राष्ट्रपति निर्वाचित हुने सम्भावना भने थोरै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण