सूर्यदर्शन सहकारी प्रकरण
रास्वपाका शीर्ष नेताहरू कास्की अदालतमा
बिहीबार, २५ पुस २०८१, १६ : ०७

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेताहरू जिल्ला अदालत कास्की पुगेका छन् । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाको आदेश आउने तयारी भइरहेका बेला रास्वपाका शीर्ष नेताहरू अदालत पुगेका हुन् ।
रास्वपा नेताहरू डीपी अर्याल, मनिष झा, विराजभक्त महर्जन, हरि ढकाल, शिव नेपालीलगायतका कास्की अदालतमा आएका छन् ।
कास्की जिल्ला अदालतमा रास्वपा सभापति रवि लामिछानेले आफ्ना कुरा राखेपछि थुनुवा विश्राम कक्ष आराम गरिरहेका छन् ।
अदालतको इजलासमा करिब २ घण्टादेखि आदेश लेखन चलिरहेको छ ।
यो मुद्दाको आजै आदेश आउने सम्भावना रहेकोले सुरक्षा व्यवस्था निकै कडा गरिएको छ । प्रहरीबाहेक सडकमा अन्य मानिसहरू देखिएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत