एकता र एकीकरणको चरण समाप्त भयो, मर्ज गर्न सकिन्छ : ओली
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले कुनै पाटीसँग एकता नगर्ने बरु कुनै पार्टी आए एमालेमा मर्ज भने गर्न सकिने बताएका छन् । स्ववियु निर्वाचनका सन्दर्भमा बिहीबार अनेरास्ववियुले आयोजना गरेको कार्यशालालाई सम्बोधन गर्दै ओलीले २०७८ सालमै एकता र एकीकरणको चरण सकिएको बताएका हुन् ।
‘र, हामी अब आफ्नो पार्टी विस्तार गर्छौ । कोही आउँछ भने मिल्न आउँदा हुन्छ । एमालेमा मर्ज गर्न आए हुन्छ’, ओलीले भने– ‘नेकपा एमाले तिम्रा नीति अलिकति मान्छु, मेरा अलिकति मान भनेर नीतिमा बन्दरबाँड गर्ने र सङ्गठनमा योग्यता नभएका मान्छे स्थायी कमिटी सदस्य हुँ भन्छ एउटा भुरो । त्यो सँग वार्ता गर्नुपर्ने र पोलिटब्युरोमा बस भन्ने कुरा गर्दैन ।’
एकता एकीकरणका नाममा बार्गेनका लफडामा नपर्ने भन्दै आफ्नो पार्टीलाई अनुशासित र एकताबद्ध बनाएर लैजाने बताए । ओलीले विद्यार्थी इतिहासबारे चर्चा गर्दै एमालेलाई मार्ने र सिध्याउने भनेर कतिपय कराए पनि नसकेको भन्दै झिँगाले सरापेर डिँगा नमर्ने उखान लागू भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण