तुलसीपुरमा अवरुद्ध सडक सञ्चालनमा
बिहीबार, २५ पुस २०८१, २० : ०१
बुटवल । दाङको तुलसीपुरमा सवारी सधानको ठक्करपछि एक महिलाको मृत्यु हुँदा पीडित पक्षले अवरुद्ध गरेको सडक सञ्चालनमा आएको छ । तुलसीपुर उपमहानगरपालिका–५ की ३९ वर्षीया तिर्सना घर्ती मगरको बुधबार दिउँसो २ बजेतिर बसपार्कमा बसको ठक्करबाट मृत्यु भएपछि पीडित पक्षले अवरुद्ध गरेको सडक बिहीबार साँझ ६ बजेदेखि सञ्चालन आएको हो ।
मृत्युको विषयलाई लिएर पीडित पक्षले तुलसीपुरमा यातायातका साधन सञ्चालन हुन दिएका थिइन् । उनीहरूले विरोध गर्दा राप्ती राजमार्ग अवरुद्ध भएको थियो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी अनिल ठकुरीले अहिले सडक सञ्चालनमा आएको रातोपाटीलाई बताए । उनले पीडितलाई बीमाको बापत आउने रकम प्रदान गर्ने सहमतिपछि सडक सञ्चालन आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
-
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण