पुँजी बजार ४ दशमलव ६३ अंकले बढ्यो

काठमाडौं–साताको तेस्रो दिन आज नेपालको पुँजी बजार ४ दशमलव ६३ अंकले बढेको छ । अघिल्लो दिन ९ दशमलव ९७ अंकले ओर्लिएको बजार आज भने वढेको हो ।
यो वृद्धिसँगै बजार एक हजार ५ सय ८५ दशमलव १५ अंकमा उक्लिएको छ । एक सय ४३ कम्पनीको ९ लाख १८ हजार ३ सय ४८ कित्ता सेयर किनवेच भउको वजारमा ४९ करोड २ लाख ७५ हजार ७ सय १० रुपैयाँको कारोवार भएको छ ।
आज उत्पादनमुलक समूह वाहेक अन्य सवै समूहको सूचक हरियो भएका छन् । बैकिङ समूहको सूचक ३ दशमलव ६३, होटल समूहको सूचक १७ दशमलव ७९, विकास बैंक समूहको सूचक २ दशमलव ०७ अंकले वढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यस्तै, जलविद्युत समूहको सूचक १३ दशमलव ३२ अंकले वढेको आज फाइनान्स समूहको सूचक १ दशमलव ४४, बीमा समूहको सूचक १४ दशमलव ६९ र अन्य समूहको सूचक ८ दशमलव १ अंकले बढेको छ । आज उत्पादनमुलक समूहको सूचक भने ७ दशमलव ६३ अंकले घटेको नेप्सेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
आइतबार कस्ताे रहला तपाईँकाे दिन ? हेराैं आजकाे राशिफल
-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
-
यस्ताे छ आज विदेशी मुद्राको विनिमयदर
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
बुर्तिबाङलाई नयाँ सहर बनाउने कार्य सुस्त गतिमा