सरकार विरोधी प्रदर्शनपछि भेनेजुएलामा विपक्षी नेतृ माचादो पक्राउ
कारकस । भेनेजुएलामा विपक्षी दलकी नेतृ मारिया कोरिना मचादो पक्राउ परेकी छिन् । बिहीबार राजधानी काराकसमा सरकार विरोधी प्रदर्शनमा सहभागी भएर निस्कने क्रममा सुरक्षा बलले उनलाई पक्राउ गरेको हो । राष्ट्रपति निकोलस मादुरोलाई सत्ताबाट हटाउने मागसहित गरिएको विरोध प्रदर्शनमा सहभागी हुन कयौँ महिनापछि माचादो सार्वजनिक रूपमा देखा परेकी थिइन् ।
समर्थकहरूसँग बिदा भएर माचोदा निस्किएपछि के भयो भन्ने थाहा हुन सकेको छैन । तर मोटरसाइकलमा चढेर उनी निस्किने क्रममा गोली प्रहार भएको र उनलाई बलजफ्ती समातिएको खबरहरू आइरहेका छन् । मादुरोले तेस्रो कार्यकालको लागि शपथ लिनु एक दिन अघि यो विरोध प्रदर्शन भएको थियो ।
सुरक्षा बलले पूर्वी काराकसमा माचोदाको समूहलाई हिंसात्मक रूपमा रोकेको प्रेस टोलीले सामाजिक सञ्जालमा भनेको छ । तर उनलाई कहाँ राखिएको छ भन्नेबारेमा कुनै जानकारी प्राप्त हुन नसकेको बताइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण