बिहीबार, ०३ माघ २०८१
ताजा लोकप्रिय

रौतहटमा कीटनाशक औषधि बोकेको गाडी र गहुँ लोड गरिएको ट्याक्टर बरामद

शुक्रबार, २६ पुस २०८१, ०९ : ५०
शुक्रबार, २६ पुस २०८१

रौतहट । कीटनाशक औषधि बोकेको पिकअप गाडी र गहुँ बोकेको ट्याक्टर रौतहट प्रहरीले बरामद गरेको छ। बिलबिजक र सामान फरक रहेको भन्दै प्रहरीले दुवै गाडी नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय गौरबाट गएराती गएको गस्ती टोलीले सिया पैलेस होटल अगाडी गहुँ बोकेको ना२ त १६५० नम्बरको ट्याक्टर, किटनाशक औषधि बोकेको ना २ त ७७६१ नम्बरको पिक अप शङ्का लागेर चेकजाँच गर्दा बिलबिजक र सामानमा फरक देखिएको जिल्ला प्रहरीका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले बताएका छन्।

बरामद कीटनाशक औषधि सहितको पिक अप, गहुँ सहितको ट्याक्टर र गौर नगरपालिका ५ का ट्याक्टर चालक वर्ष ४५ को सञ्जीव यादव, पिक अप चालक सोही ठाउँका वर्ष ३० को सुनिल यादव लाई आवश्यक अनुसन्धानको लागि आज आन्तरिक राजश्व कार्यालय बारा पथलैया पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

1000194678

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप