रौतहटमा कीटनाशक औषधि बोकेको गाडी र गहुँ लोड गरिएको ट्याक्टर बरामद
शुक्रबार, २६ पुस २०८१, ०९ : ५०
रौतहट । कीटनाशक औषधि बोकेको पिकअप गाडी र गहुँ बोकेको ट्याक्टर रौतहट प्रहरीले बरामद गरेको छ। बिलबिजक र सामान फरक रहेको भन्दै प्रहरीले दुवै गाडी नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय गौरबाट गएराती गएको गस्ती टोलीले सिया पैलेस होटल अगाडी गहुँ बोकेको ना२ त १६५० नम्बरको ट्याक्टर, किटनाशक औषधि बोकेको ना २ त ७७६१ नम्बरको पिक अप शङ्का लागेर चेकजाँच गर्दा बिलबिजक र सामानमा फरक देखिएको जिल्ला प्रहरीका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले बताएका छन्।
बरामद कीटनाशक औषधि सहितको पिक अप, गहुँ सहितको ट्याक्टर र गौर नगरपालिका ५ का ट्याक्टर चालक वर्ष ४५ को सञ्जीव यादव, पिक अप चालक सोही ठाउँका वर्ष ३० को सुनिल यादव लाई आवश्यक अनुसन्धानको लागि आज आन्तरिक राजश्व कार्यालय बारा पथलैया पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अयोध्याकाे राम मन्दिरमा दान हिनामिनासम्बन्धी विवाद चुलियो
-
आज पाँच जिल्लाका साना नदीमा बाढीको जोखिम
-
रास्वपा महाधिवेशन नसकिएपछि फेरि सर्यो प्रतिनिधि सभा बैठक
-
इरानको चेतावनी लगत्तै होर्मुजमा सिङ्गापुरको जहाजमाथि आक्रमण
-
प्रतिनिधिसभा बैठकमा आज पाँच विधेयक प्रस्तुत हुने
-
बुटवल–गोरुसिङ्गे सडकको डाइभर्सन बग्यो, वैकल्पिक सडक प्रयोग गर्न प्रहरीको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण