ललितपुरको सत्कारमा भिजेनले दर्शक नचाउने
शुक्रबार, २६ पुस २०८१, १४ : ०४

काठमाडौँ । युवा पुस्तामा परिचिति गायक भिजेनले ललितपुरमा दर्शक नचाउने भएका छन् । शुक्रबार साँझ ललितपुरको बखुन्डोलमा रहेको सत्कार फाइन डाइनमा आयोजना हुने ‘सेन्ट रेसोनेट’ नामक सांगीतिक कार्यक्रममा उनले आफ्ना गीत संगीतबाट दर्शक नचाउने भएका हुन् ।
कार्यक्रममा उनले आफ्ना हिट गीत ‘भुन्टेकी आमा’, ‘हिक्हिकि’, ‘लच्छा लगाएर’ लगायत प्रस्तुत गर्नेछन् । कार्यक्रममा सुश्री, सिजर ब्वाई, एर्जा लगायतको समेत सांगीतिक प्रस्तुति रहनेछ । सेन्ट कम्पनी र सत्कार फाइन डाइनको आयोजना रहेको कार्यक्रममा सांगीतिक कार्यक्रम अगाडि बाइकमिटअप समेत आयोजना हुनेछ ।
युवाहरुले पनि केही गर्नसक्छ भन्ने उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागेको आयोजक सत्कार फाइन डाइनका सिइयो सकस उप्रेतीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन
-
१२ बजे १२ समाचार: न्यायाधीश नियुक्तिमा अन्योल, उपप्रमुख र उपाध्यक्षले जारी गरे २० बुँदे घोषणापत्र
-
नेपालगञ्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सुरु
-
महको गुणस्तर वृद्धिमा जोड