सहकारी ठगी प्रकरण
लिला पछाईंले पनि बुझाइन् धरौटी
शुक्रबार, २६ पुस २०८१, १४ : ३२
काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादी लिला पछाईंले पनि धरौटी बुझाएकी छिन् । उनले शुक्रबार जिल्ला अदालत कास्कीमा नगद धरौटी बुझाएकी हुन् ।
जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले पछाईंसँग ३७ लाख धरौटी माग गरेका थिए । सोही अनुसार पछाईंले ३७ लाख धरौटी बुझाएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
‘आदेश अनुसारको धरौटी दाखिला भएको छ । उहाँ रिहा हुनुभयो,’ उनले भने ।
बिहीबार पैसा बुझाउन नसकेपछि उनलाई कास्की कारागार चलान गरिएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित ६ जनाले धरौटी बुझाएर बिहीबार नै रिहा भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण