जनकपुरमा एक लाख २५ हजार दीप प्रज्जवलन
महेन्द्रनगर । विश्व हिन्दू परिषद् नेपालले अयोध्यास्थित श्रीराम मन्दिरको वार्षिकोत्सवका उपलक्ष्यमा आज जनकपुरधामको जानकी मन्दिरमा रङ्गोली प्रतियोगिता र दीप प्रज्जवल कार्यक्रम गरेको छ । श्रीराम मन्दिरको वार्षिकोत्सवको अवसरमा जानकी मन्दिर, जनकपुरधाममा एक लाख २५ हजार दीप प्रज्जवलन गरिएको हो ।
मन्दिर निर्माणको इतिहास, यसको महत्व, आजको सन्दर्भमा यसको आवश्यकतालगायत विषयलाई आमनागरिक समक्ष ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको परिषद्ले जनाएको छ ।
उत्सवको प्रमुख आकर्षणका रूपमा राम मन्दिरको इतिहासको वृत्तचित्र आधुनिक प्रविधिमार्फत प्रदर्शन गरिएको थियो । जानकी मन्दिर परिसरमा प्रदर्शन गरिएको वृत्तचित्र अवलोकन गर्न स्थानीयका साथै विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको उपस्थित थियो ।
श्रीराम मन्दिर निर्माणका क्रममा गरिएको सङ्घर्ष र बलिदानको इतिहासलाई स्मरण गर्दै यस उत्सवलाई भव्य र समृद्ध बनाउन सम्पूर्ण जनकपुरधामवासीलाई उपस्थित हुन परिषद्ले अनुरोध गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महामन्त्रीमा जगदिश खरेलको उम्मेदवारी दर्ता
-
रास्वपा महामन्त्रीको दौडबाट पछि हटे शिशिर खनाल
-
रास्वपा महामन्त्रीमा गणेश कार्कीको उम्मेदवारी दर्ता
-
आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउट चरणमा
-
४ पटकको विश्व विजेता जर्मनीलाई इक्वेडरको झट्का, हारका बाबजुद जर्मनी र आइभोरी कोस्ट अन्तिम ३२ मा
-
इक्वेडरको सनसनीपूर्ण पुनरागमन: ७७औँ मिनेटमा गोल गर्दै जर्मनीविरुद्ध २–१ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण