जाडो याममा किन खाने माछा ?
माछा प्रायः धेरैलाई मन पर्छ । जाडो याममा विशेषतः माछा खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ । यसका धेरै फाइदा छन् । माछामा हाम्रो शरीरलाई आवश्यक कैयौँ प्रकारका पोषक तत्त्व हुन्छन् ।
हाई क्वालिटीको प्रोटिनका साथमा ओमेगा–३, फ्याटी एसिड, भिटामिन ‘डी’, भिटामिन ‘बी–२’, आइरन, जिंक, आयोडिन, म्याग्नेसियम, पोटासियमजस्ता पोषक तत्त्व पाइन्छन् । यी तत्त्वले रोग प्रतिरोध क्षमता विकास गर्छ ।
गर्मी महिनाको तुलनामा जाडोमा हाम्रो शरीरलाई प्रोटिन र ओमेगा–३ आवश्यक परिरहेको हुन्छ । गर्मीमा पसिना धेरै बग्छ । हामीलाई त्यति बेला ग्लुकोज बढी चाहिन्छ । कार्बोहाइड्रेड बढी आवश्यक हुन्छ ।
जाडो याममा पसिना कम बग्छ । शरीरलाई शक्ति आवश्यक परिरहेको हुन्छ । यसमा प्रोटिन बढी चाहिन्छ । माछा प्रोटिनको राम्रो स्रोत हुने भएकाले जाडोमा खानु स्वास्थ्यका लागि फलदायी हुन्छ ।
कति खाने ?
सबै माछामा एकै खालको प्रोटिन हुँदैन । सामान्यतः एक सय ग्राम माछामा २५ देखि ३० ग्राम प्रोटिन पाइन्छ । तीनदेखि पाँच ग्राम फ्याट पाइन्छ । सामान्य मान्छे हो भने ०.८ ग्राम प्रतिकेजी माछा खानुपर्छ । यसको मतलब ४० ग्राम प्रोटिन पाउने गरी माछा खानुपर्छ । ४० ग्राम प्रोटिन प्राप्त गर्न लगभग १५० ग्राम माछा खानुपर्छ ।
यी व्यक्तिले खानुहुँदैन माछा
माछा कतिपयलाई मन पर्दैन । कसैमा स्वास्थ्य समस्या पनि हुन सक्छ । त्यसकारण आफ्नो स्वास्थ्यलाई विचार गर्दै माछाको उपभोग गर्नुपर्छ । कसैलाई गन्ध आउने हुन्छ । कसैलाई स्वास्थ्य समस्या हुन्छ । केहीलाई बान्ता हुन्छ । त्यस्ता व्यक्तिले माछाको उपभोग गर्नुहुँदैन ।
माछा तेलमा तारेर खानुहुँदैन । यसरी उपभोग गर्दा माछाबाट पाइने प्रोटिन, ओमेगा–३, फ्याटी एसिड, भिटामिन ‘डी’, भिटामिन ‘बी–२’, आइरन, जिंक, आयोडिन, म्याग्नेसियम, पोटासियमजस्ता पोषक तत्त्व हानिकारक वस्तुमा परिणत हुन्छन् । त्यसले स्वास्थ्यलाई हानि पुर्याउँछन् । सकेसम्म फ्रेस माछा खानुपर्छ ।
(पोषणविद् महर्जनसँग गरिएको कुराकानीमा आधारित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण