जीवन विकासले पारित गर्यो १४ प्रतिशत बोनस सेयर वितरण गर्ने
विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाको छैटौँ साधारणसभाले बोनस सेयरको वितरणको प्रस्ताव पारित गरेको छ । आइतबार केन्द्रीय कार्यालय कटहरिमा भएको साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
आर्थिक वर्ष २०७९/०८० को वितरण योग्य मुनाफाबाट पनि जीवन विकासले १४ प्रतिशत नै बोनस सेयर वितरण गरेको थियो । आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट पनि सेयर सदस्यहरूका लागि १४ प्रतिशत बोनस वितरण गरेको हो । साधारणसभाले लागि ०.७३६८ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ । यो नगद लाभांश बोनस सेयरको कर प्रयोजनसमेतका लागि हो ।
जीवन विकासको चुक्ता पुँजी १ अर्ब ३४ करोड ७५ लाख १८ हजार ९०० रुपैयाँ थियो । छैटौँ साधारणसभाबाट १४ प्रतिशत अर्थात् १८ करोड ८६ लाख ५२ हजार ६४६ रुपैयाँ रुपैयाँ बोनस सेयर पारित भएपछि भएपछि जीवन विकासको चुक्ता पुँजी १ अर्ब ५३ करोड ६१ लाख ७१ हजार ५४६ रुपैयाँ पुगेको छ ।
जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेवा ३१ जिल्लामा पुगेको छ । यसअघि २४ जिल्लामा थियो । लघुवित्त कार्यक्रम विस्तार गर्दै जीवन विकासले ३१ जिल्लामा सेवा प्रवाह गरिरहेको हो । जीवन विकासको शाखा संख्या १६० वटा छन् ।
१६० शाखा कार्यालय मार्फत आर्थिक वर्ष २०८०/०८१ मा ३ लाख ५२ हजार २५९ विपन्न परिवारलाई घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरेको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले जानकारी दिए ।
नेपालको दोस्रो ठुलो लघुवित्तको पहिचान बनाएको जीवन विकासको कुल सम्पत्ति २८ अर्ब २२ करोड ९७ लाख ४ हजार पुगेको छ । लघुवित्तले १० अर्ब ५३ करोड ३० लाख ४३ हजार रुपैयाँ निक्षेप सङ्कलन गरेको छ । २७ अर्ब २१ करोड ४४ लाख ५० हजार रुपैयाँ ऋण लगानी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण