कर्मचारी युनियन मोरङमा पर्शुराम मण्डल निर्वाचित
विराटनगर । निजामती कर्मचारी युनियनको ११ औँ जिल्ला अधिवेशनबाट पर्शुराम मण्डल निर्वाचित भएका छन् ।
मोरङको विराटनगरस्थित परोपकार भवनमा आइतबार सम्पन्न अधिवेशनबाट खुला उपाध्यक्षमा सुमनकुमार निरौला, समावेशी उपाध्यक्षमा रेमन्तकुमार दास, महिला उपाध्यक्षमा कल्पना घिसिङ, सचिवमा डिल्ली राज बस्नेत, सहसचिवमा राजु काफ्ले, कोषाध्यक्षमा कविराज फुयाल निर्वाचित भएका हुन् ।
जिल्ला सदस्यहरूमा प्रदिपकुमार यादव, चुँडामणि घिमिरे, सन्तोष श्रेष्ठ, लेखनाथ भट्टराई,निश्चला कार्की, विमलादेवी कोइराला, देवकुमार गाइम र नरेशकुमार साह रहेका छन् ।
यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधिमा केदार घिमिरे, पोषराज आचार्य, ऋषिराज दाहाल, रिपुमर्दन डोटेल, यादवकुमार श्रेष्ठ र कौशिला दाहाल चयन भएका छन् ।
यस्तै प्रदेश प्रतिनिधिमा वीरबहादुर खड्का, टंकनाथ देवकोटा, दीपक खनाल, सुरज कोइराला, सनन्द केशरी पोखरेल र हरिप्रिया खतिवडा चयन भएका छन् ।
अधिवेशनमा नेपाली कांग्रेसका सह–महामन्त्री तथा प्रतिनिधिसभा सदस्य जीवन परियार, केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य भीम पराजुली, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय नेताहरू वरिष्ठ उपाध्यक्ष उत्तम कटुवाल, उपाध्यक्ष यज्ञ वलि, कोशी प्रदेश अध्यक्ष मानबहादुर बन, उपाध्यक्ष सोमनाथ कोइराला, महासचिव जनक रावल, उपमहासचिव इन्दु शर्मालगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामकुमारी झाँक्रीको प्रश्न : संवैधानिक निकायले किन हैसियत गुमाए ?
-
सर्वोच्चको फैसलापछि बूढानीलकण्ठ स्कुलले हटायो अनधिकृत टहरा
-
२०२६ विश्वकप अपडेट: ४८ मध्ये कुन-कुन राष्ट्र भए आउट ?
-
जीतपुरसिमरामा एक साताको अवधिमा सर्पदंशबाट दुई बालिकाको मृत्यु
-
‘देशको राजधानी काठमाडौँबाट सरेर चितवन गएको जस्तो देखियो’
-
देश जलाउने द्रोहीहरूलाई अब बन्ने न्यायिक आयोगले कारबाही गर्नुपर्छ : झाँक्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण